आज देखि १० प्रतिशत रकम आफैले तिर्नुपर्ने सहभुक्तानी प्रणाली लागू गर्दै स्वास्थ्य बीमा बोर्ड

काठमाडौँ, १ माघ । स्वास्थ्य बीमा बोर्डले आजबाट बीमितहरुले उपचार गराउँदा लागेको कुल खर्चको १० प्रतिशत रकम आफैले तिर्नु पर्ने सहभुक्तानी (को पेमेन्ट) सम्वन्धी व्यवस्था कार्यान्वयनमा ल्याएको छ ।

यो व्यवस्था अनुसार अब स्वास्थ्य बीमाको सुविधा लिएका बिरामीले उपचारमा लागेको कुल खर्चको १० प्रतिशत रकम आफैले तिर्नु पर्नेछ ।

स्वास्थ्य बीमा बोर्डले बीमितसंगको लागत साझेदारी अन्तरगर्त सह भुक्तानीको व्यवस्था लागू गरेको जनाएको छ ।

स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. गुणराज लोहनीले स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवस्थित गर्न यो नियम ल्याउन लागिएको बताए । ‘पूर्ण निशुल्क हुँदा कतिपय बिरामी र कतिपय अस्पतालहरुले अनावश्यक रुपमा स्वास्थ्य परीक्षण गराउने गरेको पाइयो । कतिपय व्यक्तिको बुझाई यो एक लाख रुपैयाँ जसरी नि खर्च गराउनु पर्छ भनेर अनावश्यक जाँचमा लागेको पाइयो । त्यस्ता कार्यालाई नियन्त्रण गर्नका लागि को पेमेन्टको अवधारणा आएको हो,’ उनले स्पष्ट पारे ।

बीमाको रकम बाँकी रहेको भन्दै बीमाकर्ताले आवश्यक नपर्दासमेत विभिन्न परीक्षणका लागि चिकित्सकलाई दबाब दिने गरेका छन् । को-पेमेन्ट लागू भएसँगै दबाब कम हुने अपेक्षासमेत गरिएको छ ।

त्यसो त बोर्डले सहभुक्तानी सबैका लागि अनिवार्य भने गरेको छैन् । सरकारले रकम तिरिदिने समुह यो व्यवस्थामा पर्ने छैनन् ।

सहभुक्तानी के के मा लागू हुन्छ ?

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *