सञ्चयकर्ताको उपचार सम्वन्धी प्रावधानमा सामान्य फेरवदल गर्दै कर्मचारी सञ्चयकोष :

सञ्चय कोषमा आवद्ध कर्मचारीले अब सूचीकृत अस्पतालबाट मात्रै उपचार सुविधा पाउने

साधारण रोगको बार्षिक १ लाखसम्म, घातक रोगको सेवा अवधीभरमा १० लाख रुपैयाँ

काठमाडौँ, २५ पुस ।  कर्मचारी सञ्चयकोषले आफ्नो कोषमा आवद्ध कर्मचारीको लागि २०७६ साल देखि सुरु गरेको ‘कर्मचारी सञ्चयकोष सञ्चयकर्ता स्वास्थ्य उपचार योजना’मा परिमार्जन गरेको छ ।

परिमार्जित योजना अनुसार कोषले अब भर्ना भई उपचार गराएको साधारण रोगको हकमा प्रत्येक वर्ष बढीमा १ लाख रुपैयाँ त दिने तर उपचार गर्ने अस्पताल सूचीकृत हुनुपर्ने बताएको छ । यस्तै घातक रोग लागेका सञ्चयकर्तालाई सेवा अवधीभरमा १० लाख रुपैयाँ त दिने त्यसमा पनि सूचीकृत अस्पतालहरु हुनुपर्ने स्पष्ट पारेको छ ।

तर कोषले यसअघि यस्तो सुविधा सञ्चयकर्तालाई मात्रै उपलव्ध गराउँदै आएकोमा अब देखि सञ्चयकर्ताको पति वा पत्नीले समेत सो सुविधा पाउने उल्लेख छ ।

उपचार सुविधाका लागि सातवटा प्रदेशको १२० वटा अस्पतालको सूची प्रकाशित गरेको सञ्चय कोषले सरकारका सबै केन्द्रीय, प्रादेशिक, जिल्ला तथा पालिकास्तरका सरकारी अस्पताल तथा स्वास्थ्य केन्द्रहरु, सरकारी स्वामित्वमा सञ्चालित अस्पताल र शिक्षण अस्पतालहरुबाट पनि यो सुविधा लिन सकिने जनाएको छ ।

सञ्चयकोषले यो नयाँ व्यवस्था आगामी १ फागुन देखि कार्यान्वयनमा आउने बताएको छ ।

यस्तो छ सूचना

यी हुन् सूचीकृत अस्पतालहरु:

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *