कान्ति बाल अस्पतालको निर्देशकमा डा. अजित रायमाझी नियुक्त
काठमाडौँ, ६ साउन – कान्ति बाल अस्पतालको निर्देशकमा डा. अजित रायमाझी नियुक्त भएका छन् । बुधबारको स्वास्थ्य मन्त्रीस्तरीय बैठकले डा. रायमाझीलाई निर्देशक बनाउने निर्णय गरेको हो । एघारौँ तहका डा रायमाझी कान्तिका प्रमुख बालरोग विशेषज्ञ हुन् ।
यसअघिका निर्देशक डा. चन्द्रेश्वर महासेठले उमेर हदका कारण गत मंगलबार अवकाश पाएका थिए । स्वास्थ्य मन्त्री रामजनम चौधरीले एक दिन पनि ढिला नगरी निर्देशक नियुक्त गरेका हुन् ।
‘जुनसुकै बेला पार्टी सरकारबाट बाहिरिने अवस्था आउनसक्छ । त्यसैले पनि हुनसक्छ सरुवा बढुवा र नियुक्तीका काम फटाफट भइरहेको छ,’ मन्त्रालयका एक अधिकारीले भने, ‘अझै केही नियुक्ति र सरुवाका काम हुनेवाला छ ।’
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]