ग्राण्डीले मनायो एघारौँ स्थापना दिवस

काठमाडौँ, १९ पुस । धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले आफ्नो एघारौं स्थापना दिवस मनाएको छ । बुधबार अस्पतालमा एक कार्यक्रमकाबीच एघारौँ स्थापना दिवस मनाइएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका अध्यक्ष ई दिपक कुँवरले बिभिन्न आरोह अवरोहकाबीच स्थापनाको एघारौं वर्ष सफलतापूर्वक पार गरेको बताए । सो अवसरमा उनले अस्पतालका सेयर साझेदार, चिकित्सक, कर्मचारीलगायत सरोकारवाला सम्पूर्ण सरोकारवालाई धन्यवाद व्यक्त गरे ।

अध्यक्ष कुँवरले देशको स्वास्थ क्षेत्रको एक अब्बल संस्थाको रुपमा ग्राण्डी अस्पताल रहेको भन्दै विभिन्न अप्ठ्यारो अवस्था पार गर्दै सफलताको बाटोमा अगाड़ी बढेको बताए । उनले आगामी दिनमा अझ मिहेनेतका साथ अघि बढ्ने बताए ।

अस्पतालका मेडिकल डाइरेक्टर डा. बिनोद बिजुक्छेले इथिक्समा आधारित उपचार, बिरामी केन्द्रित उपचार र बिभिन्न बिशेषज्ञहरुसँग सहकार्यमा गरिने उपचार यस अस्पतालको आधारशिला भएको भन्दै बिरामीको अहित हुने कुनै पनि कुरामा कदापि सम्झौता गर्न नसक्ने जिकिर गरे ।

सो अवसरमा डा. बिजुक्छेले अस्पतालको एउटै मात्र उद्धेश्य गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्नु रहेको बताए ।

एघारौं स्थापना दिवसको अवसरमा अस्पतालले डिपार्टमेन्ट अफ डर्माटोलोजी एण्ड एनेस्थेटिक सञ्चालनमा ल्याएको छ । यस अन्तर्गत सुलभ मूल्यमा हाइड्राफ़ेसीयल, हेयर रिमूभल, हेयर ट्रान्सप्लांट लगायतका सुबिधा प्राप्त गर्न सकिने बताइएको छ ।

यसैबीच अस्पतालले अघिल्ला वर्षमा जस्तै यसपटक पनि १० बर्ष सेवा प्रदान गरेका चिकित्सक नर्स एवं कर्मचारीहरुलाई प्रशंसापत्र तथा विभिन्न विभागका उत्कृष्ट कर्मचारीहरुलाई सम्मान गरेको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *