छिमेकमा कोरोना संक्रमण देखिन थाल्यो सतर्क रहौँ : स्वास्थ्य मन्त्रालय
काठमाडौँ, १८ पुस । भारत चीन लगायतका छिमेकी देश साथै विश्वका अन्य केही देशमा कोभिड – १९को नयाँ सव भेरियन्ट (जे एन -१) देखिन थालेपछि स्वास्थ्य मन्त्रालयले नेपालमा पनि जोखिम हुनसक्ने भन्दै आम नागरिकलाई सचेत रहन आग्रह गरेको छ ।
मन्त्रालयले मंगलबार विज्ञप्ती जारी गर्दै यसबाट जोगिनका लागि जनस्वास्थ्यका मापदण्ड कायम गर्न आग्रह गरेको छ । मिन्त्रभडभाडमा नजाने, मास्क लगाउने, भौतिक दुरी कायम गर्ने, हातको सरसफाईमा विशेष ध्यान दिने मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
मन्त्रालयले यो नयाँ सव भेरियन्ट अहिलेसम्म नेपालमा भने नभित्रिएको स्पष्ट पारेको छ ।
मन्त्रालयले यसका लागि अहिलेसम्म प्रवेश विन्दुका सम्पूर्ण हेल्थ डेस्कहरु, स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्थाहरु तथा सम्पूर्ण सरोकारवालाहरु मार्फत आवश्यक स्क्रिनिङ र निगरानी भइरहेको साथै कोभिड – १९ व्यवस्थापनको लागि तयारी अवस्थामा रहेको समेत जनाएको छ ।
सम्पर्क इमेल : [email protected]