डा. केसीसंग बार्ता गर्न सरकारले बनायो बार्ताटोली
काठमाडौँ, ५ साउन – अनसन बसेको ११ दिन पछि सरकारले डा. गोविन्द केसीसंग बार्ता गर्न समिति गठन गरेको छ । अघि साँझ बसेको मन्त्रिपरिषद्को बैठकले अघि साँझ बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य सचिव डा सेनेन्द्रराज उप्रेतीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरको हो ।
समितिका अन्य सदस्यमा शिक्षा सचिव विश्वप्रकाश पण्डित र प्रधानमन्त्री कार्यालयका सम्वन्धीत विषय हेर्ने सचिव सदस्य छन् ।
बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री शेरधन राईले डा. केसीलाई अनसन तोडि वार्तामा आउन आग्रह गरिएको जानकारी दिए । मन्त्री राईले विगतमा डा. केसीसंग भएका सम्झौताहरुको कार्यान्वयनको दिशामा सरकार लागिसकेको समेत जानकारी दिए ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]