न्युनतम सेवा मापदण्डको मूल्यांकनमा रोल्पा अस्पतालको आयो ‘डिस्टिङ्गसन्’

रोल्पा २ पुस । अस्पतालको न्युनतम सेवा मापदण्डको मूल्यांकनमा रोल्पा अस्पतालले ‘डिस्टिङ्गसन्’  हासिल गरेको छ । अस्पतालले यसपटक ८५ अंक ल्याएको छ । यो रोल्पा अस्पतालको इतिहासमै सबैभन्दा बढी अंक हो ।

गत २८ र २९ मंसिरमा भएको मूल्यांकन तथा समीक्षापछि इतिहासमै पहिलो पटक अस्पतालले न्युनतम सेवा मापदण्डमा ८५ अंक ल्याएको जानकारी दिइएको थियो ।

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले नियमित गर्ने मूल्यांकनमा यसपटक अर्घाखाँची अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. जगन्नाथ तिवारीको नेतृत्वमा निर्देशनालयकै कौशल भण्डारी, अस्मिता नेपाल र सन्देश पौडेल सहितको चार जनाको टोली खटिएको थियो ।

टोलीले मङ्सिर २८ गते अस्पतालको अनुगमन तथा निरीक्षण गरेको थियो भने मङ्सिर २९ गते समीक्षा कार्यक्रम गरेको थियो ।

समिक्षा कार्यक्रममा लुम्बिनी प्रदेश योजना आयोगका सदस्य डा. सुदन कुमार ओली, प्रमुख जिल्ला अधिकारी, जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, राजनैतिक दलका प्रतिनिधि, उद्योगी व्यवसायी पत्रकार तथा विभिन्न गैरसरकारी संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

समीक्षा कार्यक्रममा अस्पताल तर्फबाट मेडिकल सुपरिटेन्डेन्ट डा. लोकरत्ना ज्ञवालीले अस्पतालको अवस्थाका बारेमा प्रस्तुती दिएकी थिईन् । सो अवसरमा डा. ज्ञवाली नेतृत्वमा अस्पतालले चमत्कारिक सुधार गरेको सहभागिहरुले बताएका थिए ।

अस्पताल विकास समितिका अध्यक्ष शेरबहादुर थापाले अस्पतालको सुधारमा डा ज्ञवाली नेतृत्वको टोलीले धेरै मेहनेत गरेको भन्दै धन्यवाद व्यक्त गरे ।

५० शैयाको प्रादेशिक अस्पतालको नेतृत्व गरेकी डा ज्ञवालीले सफलताको पछाडी टीमवर्क र निरन्तर खटाई भएको बताईन । उनले भनिन्, ‘अहिले सार्वजनिक भएको नतिजाले हाम्रा कर्मचारी साथीहरुको मेहनतलाई न्याय गरेको छ। आगामी दिनमा अझ राम्रो गर्ने प्रयास गर्नेछौ। हामी यो स्कोर धेरै माथी पुर्‍याउन चाहन्छौँ ।’

उनले आफूहरुलाई आवश्यक जनशक्ति पर्याप्त भएमा अहिलेको सेवालाई अझ पर्याप्त र प्रभावकारी बनाउन सक्ने पनि बताईन ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *