केयुको स्कुल अफ मेडिसिनको एसोसिएट डीनमा डा. दीपक कुँवर नियुक्त

– डा. दीपक कुँवर

काठमाडौँ, ३० मंसिर । काठमाडौँ विश्वविद्यालय (केयु) स्कुल अफ मेडिसिनको एसोसिएट डीन पदमा डा. दीपक कुँवर नियुक्त भएका छन् ।

गत २५ मंसिरमा बसेको केयुको कार्यकारी परिषद् बैठकले तीन वर्षका लागि एसोसिएट डिन पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

नव नियुक्त डीनलाई केयुले विस्तार गर्न लागेको विश्वविद्यालय अस्पतालको निर्देशकको भूमिका निर्वाह गर्ने, सो अस्पतालको मेन्टल हेल्थ सेन्टर सञ्चालन लगायत विभिन्न विभागहरुको स्थापनाका लागि योजना निर्माण गर्ने जिम्मेवारी दिएको छ ।

यस्तै केयुको स्कुल अफ मेडिसिन अन्तर्गत सञ्चालन हुने नयाँ कार्यक्रमहरुको योजना तयार गरी सञ्चालनको जिम्मेवारी लिने, सम्वन्धन प्राप्त क्याम्पसहरुमा हाल सञ्चालनमा रहेका कार्यक्रमहरुको सञ्चालनमा समन्वय गर्ने र डीन कार्यालयबाट तोकिएको अरु काम समेत गर्ने बताइएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *