महाबीर पुनको छोरीलाई नि:शुल्क एमबीबीएस पढाउने केएमसीको घोषणा, भर्नाका लागि अनुकुलता प्रदान गर्न आयोगसंग आग्रह
काठमाडौँ, २४ मंसिर । काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिडेट (केएमसी)ले राष्ट्रिय आविस्कार केन्द्रका संस्थापक महाबीर पुनको छोरीलाई एमबीबीएसमा भर्नाको बातावरण मिलाइदिन चिकित्सा शिक्षा आयोगसंग आग्रह गरेको छ ।
केएमसीले महाबीर पुत्री झरना पुनलाई एमबीबीएस अध्ययनका लागि आवासीय सुविधा सहित निशुल्क छात्रबृत्ति प्रदान गर्न चाहेको भन्दै भर्नाका लागि अनुकुलता मिलाइदिन आयोग समक्ष आग्रह गरेको हो ।
एमबीबीएस अध्ययन्का लागि एकीकृत प्रवेश परीक्षामा सहभागी भएकी महाबीर पुत्री झरनाको मेरिट लिष्टमा ६ हजार ५१८ नम्बर छ । आयोग विद्यमान नियमले उनले नेपालभरीका मेडिकल कलेजमा भर्ना पाउन मुस्किल छ । केएमसीले सोही कुरा उल्लेख गर्दैै व्यवस्थापन कोटा अन्तरगर्त आफूहरुले झरनालाई निशुल्क पढाउन खोजेको उल्लेख गरेको छ ।
केएमसीका प्रिन्सिपल प्राडा रतिन्द्रनाथ श्रेष्ठपत्रमा भनिएको छ, ‘नेपाललाई कर्मथलो बनाई विज्ञानका क्षेत्रमा आफ्नै स्रोत र साधनहरुको जोहो गरी अहोरात्र खटिदै आउनु भएका महाबीर पुनको छोरीले आयोगको नीति नियमको परिधिले गर्दा देशभरका मेडिकल कलेजमा एमबीबीएसमा भर्ना पाउन कठिन बनेको परिस्थितिले गर्दा यो निवेदन गर्न चाहन्छौँ ।’
पत्रमा महावीरले देशका लागि केही गर्छु भन्दै विदेशका अवसर त्यागेर आएको र युवाहरुलाई स्वदेशमै कर्मशील गराउने कार्यमा क्रियाशिल रहेको अवस्थामा उनको छोरीलाई सांसद समेत रहेका कलेका पूर्व अध्यक्ष डा सुनील शर्माले निशुल्क पढाईदिन खोजेको उल्लेख छ ।
हेर्नुहोस पत्र:
सम्पर्क इमेल : [email protected]