उपप्रधान एवं गृहमन्त्री श्रेष्ठ अस्पतालबाट डिस्चार्ज

काठमाडौँ, २४ मंसिर । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ काठमाडौँको गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उपचारपछि आज डिस्चार्ज भएका छन् ।

मुटुमा समस्या देखिएपछि मन्त्री श्रेष्ठको मंगलबार बाँसबारीस्थित शहीद गंगालाल हृदय केन्द्रमा एन्जियोप्लास्टी सर्जरी गरिएको थियो।

स्वास्थ्यमा उल्लेख्य सुधार भएकाले चिकित्सकको सल्लाह र सिफारिसमा उपप्रधानमन्त्री श्रेष्ठ आइतबार घर फर्किएका गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

गत कात्तिकमा बीआरआई शिखर मञ्चमा भाग लिन चीन पुगेका बेला उनलाई ‘माइल्ड हार्ट एट्याक’ भएको थियो । त्यसबेला बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज टिचिङ हस्पिटलमा उपचार भएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *