डा. रोमियो कंसाकारको अध्यक्षतामा सोसाइटी अफ सर्जन्स नेपालको नयाँ कार्यसमिति

शल्य चिकित्सकहरुको १५ औँ अन्तराष्ट्रिय सम्मेलन सम्पन्न

काठमाडौं, १६ मंसिर । शल्य चिकित्सकहरुको छाता संस्था सोसाइटी अफ सर्जन्स नेपाल (एसएसएन) को अध्यक्षमा डा. रोमियो कंसाकार चुनिएका छन् । एसएसएनको काठमाडौँमा जारी १५ औं अन्तर्राष्ट्रिय सम्मेलनकै अवसरमा जारी अधिवेशनबाट डा कंशाकारको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।

डा कंसाकारको नेतृत्वमा चयन भएको नयाँ कार्य समितिमा निवर्तमान अध्यक्षमा डा. सुनील कुमार शर्मा, वरिष्ठ उपाध्यक्ष डा. रोविन जोशी, उपाध्यक्ष डा. विकल घिमिरे रहेका छन् ।

यस्तै महासचिवमा डा. शैल रुपाखेती, कोषाध्यक्षमा डा. सुमिता प्रधान, सहसचिवमा डा. अनीप जोशी र सहकोषाध्यक्षमा डा. रोशन घिमिरे चयन भएका छन् ।

यसैगरी कार्यसमितिको सदस्यहरुमा डा. रुपेश मुखिया, डा. प्रनिल राई, डा. टंक प्रसाद बोहोरा, डा. सुशील ढुंगेल र डा. उत्सवमान प्रधान रहेका छन् ।

सन् १९९२ मा स्थापित एसएसएनमा अहिले ५८० भन्दा बढी शल्यचिकित्सकको आवद्धता रहेको नव निर्वाचित महासचिव डा रुपाखेतीले बताए । उनले भने, ‘यसमा जनरल सर्जन, न्युरो सर्जन, कार्डियो सर्जन, प्लाष्टिक सर्जन लगायत सबै रोगका शल्यचिकित्सकहरु सदस्य रहनु भएको छ त्यसमा अलि बढी जनरल सर्जन हुनुहुन्छ ।’

तीन दिनसम्म चलेको सम्मेलनमा अधिवेशनका साथै विभिन्न कार्यपत्र प्रस्तुति र छलफलको सत्त सञ्चालन भएको छ । कार्यक्रममा भारत, श्रीलंका, पाकिस्तान, जापान, बेलायत लगायत देशबाट प्रतिष्ठित शल्यचिकित्सकहरुको सहभागिता थियो ।

संस्थाले बयोवृद्ध शल्यचिकित्सकद्वय डा. एसके भट्टाचार्य र डा. विश्वराज दलीलाई गार्ड अफ अनरका रुपमा सम्मान गरेको छ । त्यस्तै डा. अच्यूत प्रसाद शर्मा, डा. चन्द्रलाल भट्टचन र डा. महेश खकुरेललाई लाइफ टाइम एचिभ्मेन्ट अवार्डबाट सम्मान गरिएको छ ।

सम्मानित भएपछि बोल्दै पुराना पुस्ताका चिकित्सकहरुले चिकित्सा क्षेत्र सो बेलाको तुलनामा धेरै अघि बढेको भन्दै नयाँ पुस्ताले चिकित्स क्षेत्रमा गरेको योगदानको प्रशंसा गरे ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *