नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी जागिर खाएको भन्दै अहेव महतारामाथि अख्यिारको मुद्धा

काठमाडौँ, ८ मंसिर । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर असिस्टेन्ट हेल्थ वर्कर (अहेव) को जागिर खाएको आरोपमा  देवबहादुर महताराविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

गुल्मीको मालिका गाउँपालिका–५ स्थित छापहिले स्वास्थ्य चौकीमा कार्यरत अहेव देवबहादुर महताराको शैक्षिक प्रमाणपत्र नक्कली भेटिएको अख्तियारले जनाएको छ।

उनले भारतबाट एसएलसीको प्रमाणपत्र किनेर ल्याएकाले उनको शैक्षिक प्रमाणपत्र छानबिन गरिपाउँ भनेर परेको उजुरीमा छानबिन गर्दा प्रमाणपत्र नक्कली फेला परेको हो।

अख्तियारका अनुसार उनले नेपाल स्वास्थ्य सेवा, हेल्थ इन्सपेक्सन समूह, चौथो तह, अहेव पदको विज्ञापनअन्तर्गतको परीक्षा दिनका लागि राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी, भक्तपुरबाट जारी भएको एसएलसी तहको झुटा शैक्षिक प्रमाणपत्र पेस गरेको आरोप छ।

यसरी एसएलसीको नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर उनले लोकसेवा आयोगबाट छनोट भई पहिले स्वास्थ्य चौकीमा अहेवको रूपमा काम गरेर भ्रष्टाचार गरेको देखिएको अख्तियारको दाबी छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *