बाग्लुङमा तीन दिने बृहत निशुल्क मुटु शिविर सम्पन्न

११२० बालबालिका सहित १३०० बढीले लिए परीक्षण तथा उपचार सेवा

काठमाडौँ, ६ मंसिर । बाग्लुङ जिल्लाको दुईवटा स्थानमा भएको नि:शुल्क मुटुरोग शिविरमा १ हजार ३०० बढीले सेवा लिएका छन् । गत ३ देखि ५ मंसिरसम्म जिल्लाको गल्कोट र बाग्लुङ बजारमा भएको दुई वटा छुट्टा छुट्टै मुटु शिविरमा उनीहरुले सेवा लिएका हुन् ।

ती दुई स्थानमा शिविरको आयोजना रोटरी क्लव अफ पाटन र नेपाल हृदयरोग निवारण प्रतिष्ठानले गरेको थियो ।

शिविरमा अधिकांश स्कुले बालबालिका र केही मुटुरोगीहरुको जाँच तथा उपचार गरिएको थियो ।

शिविरको नेतृत्व गरेका बरिष्ठ मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मीले तीन दिनको अवधीमा १ हजार १२० जना बालबालिकाहरुको भिडियो मुटु परीक्षण र करीब २०० जनाको मुटु रोगीहरुको मुटु जाँच तथा उपचार गरिएको बताए ।

उनले सो जाँचका लागि आफूसंगै मुटुरोग सर्जन तथा विशेषज्ञद्धय डा प्रेमराज बैद्य, डा उर्मिला शाक्य खटिएको बताए । यस्तै मुटुको भिडियो तालीम प्राप्त स्वास्थ्य कार्यकर्ताहरु शारदा महर्जन, निकिता पौडेल र मोहनमान श्रेष्ठ पनि उक्त कार्यमा खटिएको बताए । शिविरमा रोटरी क्लव पाटनका सदस्यहरु समेत स्वयंसेवकको रुपमा सहभागी भएका थिए ।

डा रेग्मीले दुई ठाउँको शिविरमा १० जना भन्दा बढी नयाँ बाल मुटुरोगीको निदान भएको बताए ।

उनले ३ जनाको मुटुको शल्यक्रिया गर्नु पर्ने देखिएको जानकारी दिए । डा रेग्मीले ती बालबालिकाहरुलाई थप उपचारका लागि काठमाडौँ रिफर गरिएको र उनीहरुको उपचार निशुल्क हुने समेत बताए ।

हेर्नुहोस मुटु शिविरको तस्बीरहरु:

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *