अस्पतालबाट ल्यापटप चोरेकोे आरोपमा सशस्त्रका असई पक्राउ

धनगढी, २ मंसिर । अस्पतालबाट ल्यापटप चोरी गरेको आरोपमा कैलालीमा सशस्त्र प्रहरीका एक जना सहायक प्रहरी निरीक्षक (असई) प्रकाउ परेका छन् ।

धनगढी उपमहानगरपालिका ३ चटकपुरस्थित स्वस्तिक अस्पतालबाट ल्यापटप चोरी गरेको आरोपमा सशस्त्र प्रहरीका सहायक प्रहरी निरीक्षक रमेश भण्डारी प्रक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता डीएसपी कुलदिप चन्दले २६ कात्तिकमा अस्पतालबाट ल्यापटप चोरी गरेको आरोप लागेपछि भण्डारीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जानकारी दिए ।

सशस्त्र प्रहरी बल नेपाल ४३ नम्बर गण दार्चुलामा कार्यरत भण्डारी तालिमका लागि पोखरामा थिए । उनी तिहारको बिदामा आएका बेला धनगढी पुगेका थिए ।

स्वस्तिक अस्पतालको सीसीटीभी फुटेजमा ल्यापटप चोरी गर्ने व्यक्ति सशस्त्र प्रहरीका असई भण्डारी रहेको खुलेपछि प्रहरीले सशस्त्र प्रहरीलाई पत्राचार गर्दै सहयोग मागेको थियो । प्रहरीको पत्रपछि सशस्त्र प्रहरीको सहयोगमा बिहीबार भण्डारी पक्राउ परेका हुन् ।

सीसीटीभी फुटेजमा भण्डारीले अस्पतालबाट कात्तिक २६ गते राति ११ बजेर ४८ मिनेटतिर ल्यापटप चोरी गरेको देखिएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ ।

 

(# स्वास्थ्य सम्वन्धी समाचार, बिचार र सूचना सहज रुपमा पाउनका लागि हाम्रो फेसबुक पेज यहाँ लाइक गर्न नभूल्नुहोला ।)

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *