जान्नुहोस् स्वास्थ्य सम्बन्धी २१ पुराना कथन
अहिलेको समयमा आफ्नो स्वास्थ्यको विषयमा हरेक व्यक्ति चिन्तित देखिन्छ । बढी चिन्तित देखिने व्यक्तिहरुले चिकित्सक तथा स्वास्थ्य कर्मीसंग सल्लाह लिने र त्यसको अनुसरण गर्ने काम पनि गर्दछन् ।
तर, स्वास्थ्य सम्वन्धी सल्लाह वा स्वास्थ्य जोडिएको कथन अहिले मात्रै होईन पहिले देखि नै आउने गरेको थियो । ती कथनहरुको अनुशरण गर्ने व्यक्ति स्वस्थ रहेका थिए भन्ने पुराना ऐतिहासिक दस्तावेज र ग्रन्थहरुले बताएको छ ।
साच्चिकै आज पनि ती कथनहरु सुन्दा स्वास्थ्यका लागि निकै नै उपयोगी देखिन्छ ।
हेर्नुहोस् स्वास्थ्य सम्वन्धी २१ पुराना कथनहरु
१. अजीर्ण भोजन विषम्
- धेरै खानु (कोचि कोचि) स्वास्थ्यको लागि हानिकारक हुन्छ । अपच हुने गरी खानु भनेको विष सरह हो ।
२. अर्धरोगहारी निद्रा
- सहि किसिमको निन्द्राले आधा रोग निको हुन्छ।
३. मूढगढाल्ली गढव्याली
- सबै दालहरु भन्दा हरियो चना उपयोग गर्नु उत्तम हुन्छ । यसले रोगसँग लड्ने क्षमता बढाउछ ।
४. बागनास्थी संधानकारो रसोनहा
- लसुनले मर्केको हड्डी समेत जोड्न सक्दछ ।
५. अति सर्वत्र वर्जयेत
- कुनै पनि चिज धेरै उपभोग गरियो भने यसले स्वास्थ्यलाई राम्रो गर्दैन । त्यसैले अति नगर्नु ।
६. नास्थिमूलम अनौषधाम्
- शरीरलाई फाइदा गर्ने औषधिय गुण नभएको सागपात तरकारी हुदैन ।
७. नां वैध्यः प्रभुरायुशाह
- कुनै पनि चिकित्सक हाम्रो दीर्घ जीवनको मालिक होइनन् । चिकित्सकको पनि सिमा हुन्छ ।
८. चिंता व्याधि प्रकाश्य
- चिन्ताले अस्वस्थतालाई बढाउछ ।
९. व्यायामच्छ सनैही सनैही
- कुनै पनि व्यायाम विस्तारै गर्नु । हतारले गरेको व्यायाम स्वास्थ्यको लागि हितकर हुदैन ।
१०. अजावथ चर्वनाम् कुर्यात्
- आफ्नो खानालाई बाखाले जस्तै चपाउ। हतारमा खाना ननिल। चपाउदा निस्कने ऱ्यालनै पहिलो पाचन हो ।
११. स्नानम् नामा मानहप्रसाधनकरम् धुस्वप्न विध्वसनम्
- नुहाउनाले डिप्रेशनलाई हटाउछ र खराब सपना भगाउछ ।
१२. ना स्नानम् आचारेठ भुक्थवा
- खाना खाने वित्तिकै नुहाउने काम कहिले पनि नगर यसले पाचनलाई असर गर्दछ ।
१३. नास्थि मेघासमाम थोयम
- शुद्धतामा आकाशबाट बर्षेको पानी जस्तो अरु कुनै हुदैन ।
१४. अजीर्णे भेषजम वारी
- अपच भयो भने साधा पानी पिउदा पनि ठिक हुन सक्छ।
१५. सर्वत्र नूथनाम् सस्थाम सेवकाने पुरंथनम
- सधै ताजा खाने गर । बासी खाना र पुरानो चाकरलाई विस्थापन गर्नु पर्दछ। (चाकरलाई काम बदल्ने)
१६. नित्यम् सर्वा रास्सभ्याश
- सबै स्वाद युक्त पूर्ण खाना खाउ ।
१७. जटाराम पूरायेधरधाम अन्नाहि
- तिम्रो पेटलाई ठोस खानाले आधा भर। एक चौथाइ पानी वा झोल पदार्थले भर र एक चौथाई खाली राख ।
१८. भुक्थवोपा विसथास्थंद्र
- खाना खाइ सकेपछि अल्छी गरी नबस। कम्तिमा आधा घण्टा हिड ।
१९. क्षुथ साधुथाम जनयथि
- भोकले खानाको स्वाद बढाउछ (भोक मिठो) अर्थात भोक लागे पछि मात्र खाउ ।
२०. चिंता जर्रानाम मनुष्याणम्
- चिन्ताले मानिसलाई छिटै बुढो बनाउछ ।
२१. साथम विहाया भोक्ताव्यम्
- खाने समय भए पछि सय काम पनि छोडेर खाउ ।
#स्वास्थ्य सम्वन्धी समाचार, बिचार र सूचना सहज रुपमा पाउनका लागि हाम्रो फेसबुक पेज यहाँ लाइक गर्न नभुल्नुहोला ।
सम्पर्क इमेल : [email protected]