स्वास्थ्य सचेतनामा डा. ओममूर्ति अनिलको विश्व किर्तिमान, गिनिजमा लेखियो नाम

काठमाडौँ, २४ कात्तिक ।  वरिष्ठ मुटुरोग विशेषज्ञ तथा लेखक डा ओममूर्ति अनिलले विश्व रेकर्ड कायम गरेका छन्। विश्व मुटु दिवसको अवसर पारेर डा ओममूर्तिले २९ सेप्टेम्बर २०२३ अर्थात २०८० असोज १२ गते शुक्रबार आफ्नो फेसबुक पेजबाट मुटुरोगको रोकथामसम्बन्धी जनचेतनामूलक लाइभ प्रस्तुतिबाट विश्व रेकर्ड कायम गरेका हुन्।

फेसबुक लाइभमा ‘कार्डियोभास्कुलर स्वास्थ्य सचेतनाका लागि सबैभन्दा बढी दर्शक’ (Most viewers for a Cardiovascular Health Awareness on Facebook) भन्ने शीर्षकमा डा.  ओममूर्ति ले गिनिज वर्ल्ड रेकर्डस् कायम गरेका हुन्।

असोज १२ गते साँझ ७:१५ बजेदेखि सुरु भएको आधा घण्टा लामो उक्त प्रस्तुतिमा ११ हजार २१२ सय जनाले एकैपटक प्रत्यक्ष (लाइभ) हेरेका थिए। आधा घण्टा लामो वैज्ञानिक प्रस्तुतिलाई त्यति ठूलो संख्यामा देश र विदेशमा बस्ने नेपालीहरूले अन्त्यसम्म हेरेर विश्व रेकर्ड कायम गर्न साथ दिएका थिए।

डा ओममूर्तिको ३० मिनेट लामो उक्त फेसबुक लाइभलाई ९ हजार जनाले शेयर गरेका थिए। त्यसक्रममा २० हजार लाइक र १८ हजार कमेन्ट आएका थिए। फेसबुक लाइभ प्रस्तुति सम्पन्न हुँदासम्म १ लाख ५० जनाले हेरेका थिए।

लाइभ प्रस्तुतिपछि गिनिज वर्ल्ड रेकर्डुका सम्पूर्ण मापदण्ड पूरा गरी डा ओममूर्तिले विश्व रेकर्ड कायम भएको दाबी पेश गरेका थिए। यद्यपि, डा. ओममूर्तिलाई गिनिज वर्ल्ड रेकर्डको प्रमाण पत्र प्राप्त गर्न भने केही समय लागेको थियो।

व्यक्तिगत क्षमता, सीप र पहिचानभन्दा भिन्न उद्देश्य बोकेको यस रेकर्डले संसारभरका मानिसको लागि प्रेरणाको स्रोत सावित हुने आशा गरिएको छ। सामाजिक उत्थान र समाजप्रतिको जिम्मेवारीबोध गराउने यस्तो कार्यले आममानिसलाई मार्गदर्शनसमेत हुने विश्वास छ ।

यो रेकर्डले अन्तर्राष्ट्रियस्तरमा स्वास्थ्य सचेतनाका लागि सामाजिक सन्जालको भूमिका र उचित प्रयोगको बारेमा उदाहरणीय रहेको छ । डा.  ओममूर्तिले मुटुरोगको रोकथामका निम्ति लामो समयदेखि फेसबुकमार्फत जनचेतनामूलक अभियान सञ्चालन गर्दै आएका छन्।

डा. ओममूर्तिको नाममा अर्को पनि रेकर्ड छ
यसअघि डा ओममूर्तिले दोस्रो विश्व रेकर्ड २०२३ मार्चमा बनाएका थिए । सन् २०१३ देखि १४ सम्ममा इमेज न्युज एफएम १०३.६ मेगाहर्जबाट अतिथि बक्ताको रुपमा लगातार ४४ हप्ताको इपिसोट गरेर  “The longest running Radio Interview as a guest speaker on Heart Disease Prevention” भन्ने शिर्षकमा विश्व रेकर्ड राखेका हुन् । त्यस कार्यक्रममा प्रस्तोता बरिष्ठ सञ्चारकर्मी शैलजा सिंहले गरेकी थिईन ।

पत्रकार शैलजा सिंहको साथमा डा ओममूर्ति अनिल

यो कार्यक्रम पनि मुटुरोगको बारेमा सचेतना फैलाउने उद्धेश्यले सञ्चालन गरिएको थियो ।

यससंगै डा. ओममूर्ति स्वास्थ्य सचेतनामा दुई वटा विश्व रेकर्ड बनाउने सम्भवत संसारकै पहिलो चिकित्सक बनेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

7 thoughts on “स्वास्थ्य सचेतनामा डा. ओममूर्ति अनिलको विश्व किर्तिमान, गिनिजमा लेखियो नाम

    1. बधाई छ डाक्टर साब म पनि धेरै कुरा सिकेको छु हजुर फेसबूक लाइभ हेरेर धन्यवाद 💐🙏

  1. धेरै धेरै बधाई तथा शुभकामना डाक्टर साब्🙏🙏💐💐💐💐💐

Leave a Reply

Your email address will not be published. Required fields are marked *