राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको नेतृत्व परिवर्तन, निर्देशक बने डा. भट्ट
काठमाडौँ, २१ कात्तिक । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशक परिवर्तन भएको छ । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले आज मन्त्रीस्तरीय निर्णय गर्दै प्रयोगशालाको निर्देशकमा डा. रञ्जनराज भट्टलाई जिम्मेवारी दिएका छन् ।
डा. भट्ट एघारौँ तहका हुन् ।
यसअघि त्यहाँको निर्देशक डा. रुणा झा थिईन् । उनी लामो समय प्रयोगशालाको नेतृत्वमा रहिन् । एघारौँ तहको उनलाई त्यहि राखेर डा.भट्टलाई निर्देशक बनाइएको हो ।
यस्तै कान्ति बाल अस्पतालमा कार्यरत ११औं तहकी नर्स रोशनी लक्ष्मी तुईतुईको पनि सरुवा भएको छ।
उनलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सरुवा गरिएको हो ।
मन्त्री बस्नेतले स्वास्थ्य सेवा विभाग टेकुमा कार्यरत अधिकृत दशौं तहका उपेन्द्र ढुंगानालाई स्वास्थ्य मन्त्रालयमा रहेको स्वास्थ्य आपतकालिन तथा विपद् व्यवस्थापन इकाइमा ल्याएका छन्।
ढुंगानालाई जाजरकोट केन्द्रित भूकम्पबाट सिर्जित विपद व्यवस्थापनमा सहजीकरण गर्ने गरी इकाइमा ल्याइएको मन्त्री बस्नेतको सचिवालयले जनाएको छ।
सम्पर्क इमेल : [email protected]