जाजरकोट भूकम्प अपडेट : हालसम्म १२९ जनाको मृत्यु, १४० जना घाइते

जाजरकोट र रुकुम पश्चिममा उद्धारका लागि सम्पर्क नम्बर तोकियो

काठमाडौँ, १८ कात्तिक । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएराती ११ : ४७ बजे गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा अहिलेसम्म १२९ जनाको मृत्यु भएको छ ।

दुबै जिल्लामा गरी १४० घाइते भएको नेपाल प्रहरीले जनाएको छ । शनिबार विहान ८ : १५ बजेको प्रहरी अपडेटमा जाजरकोटमा ९२ जनाको मृत्यु भएको छ भने ५५ जना घाइते भएका छन् ।

यस्तै रुकुम पश्चिममा ३७ जनाको मृत्यु भएको छ भने ८५ जना घाइते भएको छन् ।

प्रहरीले भूकम्प प्रभावित क्षेत्रमा डीआईजीपी डा गोपेश ठाकुरको नेतृत्वमा ११ जनाको मेडिकल टोली, नेपाली सेनाको लेफ्टीनेन्टको कमाण्डमा अरु ११ जनाको रेस्क्यु टिम एमआई १७ हेलिकप्टरबाट विहान ७ ५७ बजे उडेको जनाएको छ । उद्धारका लागि रुकुम पश्चिबाट ३२०, जाजरकोटबाट ४५०, कर्णाली प्रदेश प्रहरी गण सुर्खेतबाट ३६ जना, चौरझारी बेसक्याम्पबाट जाजरकोट र रुकुमपश्चिको लागि १० १० जना प्रहरी टोली खटिएको जनाएको छ ।

उद्धारका लागि सम्पर्क गर्न सकिने नम्बरहरु
प्रहरीले गएरातीको भूकम्पमा परेकाहरुको उद्धार तथा खोजका लागि जाजरकोट र रुकुममा गर्न सकिने नम्बरहरु समेत सार्वजनिक गरेको छ । हेर्नुहोस नम्बरहरु:

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *