स्वास्थ्य बीमा बोर्डद्धारा सेवा प्रदायक अस्पतालहरुलाई सोधभर्नाका लागि झण्डै २ अर्व रकम निकासा

काठमाडौँ, १७ कात्तिक । स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक अस्पतालहरुलाई दिनु पर्ने रकममध्ये झण्डै २ अर्व रकम शुक्रबार निकासाका लागि पठाएको छ । भुक्तानी दावी गरेका ४४० वटा अस्पतालहरुमा सो रकम पठाइएको हो ।

बीमा बोर्डका निमित्त कार्यकारी निर्देशक डा मदनकुमार उपाध्यायले सेवा प्रदायक अस्पतालहरुले माग दावी गरेको विवरणको प्राविधिकहरुबाट परीक्षण गराएपछि रकम निकासा गरिएको बताए ।

‘अहिलेसम्म अस्पतालहरुले पठाएका विवरणमध्ये हाम्रा प्राविधिकहरुले परीक्षण गरि रकमका लागि सिफारिस गरेको मात्रामा रकम गएको छ । यहाँबाट आज रिलिज गरियो,’ डा.  उपाध्यायले भने ।

सरकारले गत २४ असोजमा स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलालाई निलम्बन गरेपछि स्वास्थ्य मन्त्रालयले गत २९ असोज देखि डा उपाध्यायलाई बोर्डमा निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएर पठाएको थियो । आफूले जिम्मेवारी सम्हालेपछिको यो पहिलो भुक्तानी भएको डा उपाध्यायले बताए ।

यसअघि डा बसौलाले दशै अघि नै करीब डेढ अर्व रकम सोधभर्ना भुक्तानीका लागि तयार गरेको बताएका थिए । दशैपछि त्यसमा केही रकम थप गरि अहिले रकम रिलिज गरिएको हो ।

स्वास्थ्य बीमा कार्यक्रम अहिले देशका ७७ वटै जिल्लामा पुगेको छ । यद्धपी केही पालिकाहरुमा यो अझै सुरु भएको छैन् । वीमाका लागि स्वास्थ्य सेवा प्रदायक अस्पताल तथा स्वास्थ्य संस्था भने अहिले देशभरका ४४० वटा मात्रै छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *