डा. धिमाल त्रिविको अनुसन्धान समन्वय तथा विकास परिषद् सदस्यमा मनोनित

काठमाडौँ, १३ कात्तिक । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का प्रमुख अनुसन्धान अधिकृत डा मेघनाथ धिमाल त्रिभुवन विश्वविद्यालय अनुसन्धान समन्वय तथा विकास परिषदको सदस्यमा मनोनित भएका छन् ।

त्रिविका शिक्षाध्यक्ष प्राडा शिवलाल भुसालको रिफारिसमा उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले गत २६ असोजमा उनलाई सो पदमा मनोनित गरेका हुन् ।

शिक्षाध्यक्ष अध्यक्ष हुने यो परिषद्मा त्रिविले आफ्नो संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम २०५०को परिच्छेद ८ को दफा ३७ को उपदफा (१) को खण्ड (छ) र उपदफा (२) र (३) बमोजिम डा धिमाललाई सदस्यमा मनोनित गरिएको जनाएको छ ।

सो उपदफाको खण्ड छ मा विश्वविद्यालयबाहिरका अनुन्धानसम्वन्धी निकायका प्रमुखहरुमध्येबाट एक जना सदस्य मनोनित हुने व्यवस्था रहेको छ । सदस्य पदको पदावधी तीन वर्षको रहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *