मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई कालोमोसो
काठमाडौँ, २२ असोज । झापास्थित प्रस्तावित बीएण्डसी मेडिकल मेडिकल कलेज टिचिङ हस्पिटलका सञ्चालक समेत रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अज्ञात व्यक्तिहरुले काठमाडौँमा कालोमोसो दलेका छन्।
राजधानीको एक होटलमा दिउँसो १२:४५ बजे पत्रकार सम्मेलन कार्यक्रममा सहभागी हुन होटल भित्र प्रवेश गर्ने क्रममा उनीमाथि दुर्व्यवहार भएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी कुमोध ढुंगेलले प्रसाईमाथि दुर्व्यवहार भएको पुष्टि गरेका छन्।
सार्वजनिक एक भिडियोमा उनीमाथि कालोमोसो दलिएको देखिएको छ भने शरीरको कपडा पनि च्यातिएको देखिएको छ। प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]