भारतमा घरेलु मदिरा सेवनबाट १७ जनाको मृत्यु
नयाँ दिल्ली, २ साउन – भारतको उत्तर प्रदेशमा घरेलु मदिरा पिउदा कम्तिमा १७ जनाको मृत्यु भएको छ भने अन्य १२ जनाको अस्पतालमा उपचार भईरहेको, भारतीय प्रहरीले जनाएको छ ।
उत्तर प्रदेशको इताह जिल्ला प्रहरी स्रोतका शुक्रबार राति मदिरा सेवन गरेका उनीहरूमा वान्ता हुने, पेट दुख्ने र दृष्टि धमिलो हुने लगायतका समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।
उपचारको क्रममा केहीको मृत्यु भएको बताइएको छ भने १२ जना अस्पतालमा उपचाररत छन्, एक प्रहरीले आफ्नो नाम गोप्य राख्ने शर्तमा बताए ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]