बझाङमा भूकम्पबाट घाइते चार जनाको जिल्ला अस्पतालमा उपचार हुँदै

भूकम्पको दोस्रो झड्कापछि अस्पतालको चौरमा सुत्केरी गराईयो

काठमाडौँ, १६ असोज ।  मंगलबार दिउसो गएको दुई ठूला भुकम्पले बझाङमा केही भौतिक क्षति भएको देखिए पनि अहिलेसम्म मानवीय क्षतिको विवरण प्राप्त भएको छैन् ।

जिल्ला अस्पताल बझाङका मेडिकल सुपरीटेन्डेन्ट डा. नवराज जोशीले अहिलेसम्म भुकम्पमा परेका चार जना घाइते अस्पतालमा आएको बताए । उनले ती घाइतेहरुको अवस्था सामान्य रहेको समेत जानकारी दिए ।

मंगलबार दिउसो २ बजेर ४० मिनेट र ३ बजेर ७ मिनेटको समयमा भूकम्प गएको थियो । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार पहिलो भुकम्प बझाङको तलकोट केन्द्रबिन्दु बनाएर ५ दशमलव ३ म्याग्नेच्युट र दोस्रो पटक ६ दशमलव ३ म्याग्नेच्युटको भूकम्प गएको हो।

डा जोशीले सदरमुकाम र गाउँका थुप्रै घरहरुमा क्षति पुगेको बताउँदै मानवीय क्षति भने कम भएको बताए । ‘पहिलो भुकम्पले धेरै मानिसहरु घर बाहिर निस्किए , त्यसैले दोस्रो पटक जाँदा हुने जोखिम कम भयो होला,’ उनले भने ।

डा जोशीले दोस्रो पटक भूकम्प गइसकेपछि अस्पतालमा सुत्केरी हुने क्रममा रहेकी महिलालाई बाहिर ल्याएर स्वास्थ्यकर्मीले सुत्केरी गराएको बताए ।

अहिले स्थानीय प्रशासनले भूकम्पबाट भएको क्षतिको विवरण जम्मा गर्दैछ । बझाङका गएको भूकम्पको झड्का राजधानी काठमाडौँ र भारतको राजधानी नयाँ दिल्लीसम्म पुगेको थियो ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *