चिकित्सक संघले भोली देखि गर्ने भनेको तेस्रो नेशनल हेल्थ समिट स्थगित

काठमाडौँ, ११ असोज । भोलि देखि हुने भनिएको ‘थर्ड एनएमए नेशनल हेल्थ समिट -२०२३’ स्थगित भएको छ । आयोजक संस्था नेपाल चिकित्सक संघले आज एक सूचना जारी गर्दै समिट विशेष कारणवस स्थगित भएको बताएको छ ।

यसअघि गत ७ असोजमा पत्रकार सम्मेलन गर्दै संघले १२ र १३ असोजमा तेस्रो राष्ट्रिय स्वास्थ्य शिखर सम्मेलन गर्ने भनेको थियो । यो दुई दिने सम्मेलन काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा हुने भनिएको थियो ।

महासचिव सञ्जीव तिवारीले विशेष कारणवस भने पनि सम्मेलन स्थगित हुनुको पछाडी पछिल्ला केही दिनमा बढेको डाक्टरमाथि कुटपिट र आक्रमणको घटना तथा त्यस मुद्धालाई लिएर आवासीय चिकित्सकहरुको अगुवाईमा आन्दोलन हुनु ।

युवा चिकित्सकहरु आन्दोलित छन् । यस्तो अवस्थामा सम्मेलन गर्नु भनेको त मुख्र्याई गर्नु हो । त्यसैले स्थगित भयो । संघका एक सदस्यले भने ।

संघले स्थगित सम्मेलन कहिले हुन्छ भनेर भन्न सकेको छैन् । उसले अर्को सूचना नआउँदा सम्मका लागि स्थगित भएको बताएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *