कुटपिटको घटना बढेपछि आवासीय चिकित्सकहरु आजपनि सडकमा

काठमाडौँ, ११ असोज । डाक्टरमाथि भएको कटुपिटको बिरोधमा डाक्टरहरू आज पनि सडकमा उत्रिएका छन् । सरकारले गरेको दुई बुँदे निर्णयप्रति असहमति जनाउँदै डाक्टरहरू माइतीघरको सडकमा उत्रिएर आज तेस्रोदिन पनि उनीहरूले विरोध जनाएका छन् ।

मंगलबार गृहमन्त्रालयमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, स्वास्थ्यमन्त्री मोहन बस्नेत, चिकित्सकका प्रतिनिधिसमेतको छलफलले २ बुँदे निर्णय गरेको थियो । जसअनुसार स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ को संशोधनले गरेको कसुर र दण्ड सजायसम्बन्धी व्यवस्थाहरू सबैले देख्ने गरी राख्ने उल्लेख छ ।

त्यस्तै पछिल्लो समय स्वास्थ्यकर्मीमाथि भएका दुर्व्यवहारका घटनामा संलग्नलाई कारबाहीका लागि मातहतका निकायमा निर्देशन दिने पनि गृहले जनाएको छ । सोही अनुसार स्वास्थ्यमन्त्रालयले हिजो सबै स्वास्थ्य संस्थामा सूचना टाँसेर स्वास्थ्य सेवा सुचारु गर्न निर्देशन दिएको थियो ।

तर, डाक्टरहरूले सहकर्मीमाथि कुटपिट गर्ने दोषीमाथि कारबाही नभएसम्म र निर्धक्कसाथ बिरामीको उपचार गर्न पाउने अवस्था नबनेसम्म आन्दोलन नरोक्ने अडान राखेका छन् ।

बिगत ७ र ८ असोजमा चितवन, लमजुङ, कास्की र ललितपुरका अस्पतालहरुमा बिरामीका आफन्त बताउने समूहले उपचारमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण गरेको थिायो ।

त्यस अघि मोरङ, कञ्चनपुर तथा मकवानपुरको हेटौंडामा त्यसैगरी डाक्टर तथा स्वास्थ्यकर्मीमाथि आक्रमण भएको थियो । आक्रमण हुने क्रम बढ्न थालेपछि आवासीय चिकित्सकहरुले काम छाडेरै घटनाको विरोधमा आन्दोलनमा उत्रिएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *