मणिपाल अस्पतालमा डाक्टर कुटपिट गरेको आरोपमा एक जना पक्राउ
पोखरा, ८ असोज । पोखराको मणिपाल शिक्षण अस्पतालमा डाक्टरमाथि हातपात गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
लमजुङबाट उपचारका लागि बिहान मणिपालमा ल्याइएकी ५७ वर्षीय सुकमाया दुराको उपचारको क्रममा मृत्यु भएको थियो । दुराको मृत्यु भएपछि आक्रोशित आफन्तले अस्पताल परिसरमा तोडफोड समेत गरेका छन्।
विरामीको अवस्थाबारे पनि जानकारी नदिइएको र अस्पतालको लापरबाहीकै कारण महिलाको मृत्यु भएको भन्दै डा। अनिल शाहमाथि हातपात भएको प्रहरीले जनाएको छ । हातपातमा संलग्न भएको आरोपमा प्रहरीले १ जनालाई नियन्त्रणमा लिएको छ ।
डाक्टरमाथि कुटपिट भएपछि मणिपाल अस्पताल तनावग्रस्त भएको छ । तनावग्रस्त अवस्थालाई नियन्त्रणमा लिन अस्पताल क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन समेत गरिएको छ ।
सम्पर्क इमेल : [email protected]