स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता बने डा. प्रकाश बुढाथोकी

काठमाडौँ, ५ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारी डा प्रकाश बुढाथोकीले पाएका छन् । स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले गत मंगलबार (२ असोज) मन्त्रीस्तरीय निर्णय गर्दै डा. बुढाथोकीलाई प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।

एघारौँ तहका डा बुढाथोकी अहिले पनि केन्द्रीय कारागार अस्पतालको प्रमुख मेडिकल सुपरीटेन्डेन्ट पदमा कार्यरत छन् ।

डा. बुढाथोकीले मन्त्रालयको प्रवक्तको जिम्मेवारी पार्ट टाइम जिम्मेवारी भन्दै फुल टाइम काम अस्पतालमै हुने बताए । ‘२ बजेसम्म त म केन्द्रीय कारागार अस्पतालमै हुनेछु । त्यसपछि मन्त्रालयमा गएर काम गर्नेछु,’ उनले भने ।

सामान्य त मन्त्रालयको प्रवक्ता समन्वय महाशाखाको प्रमुखलाई दिईने गरिन्थ्यो । तर कोभिड -१९ महामारीका बेला स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक रहेका डा. कृष्ण पौडेललाई केही समय मन्त्रालयको प्रवक्ता बनाइएको थियो ।

त्यहि नजिरलाई पुर्नस्थापित गर्दै मन्त्री बस्नेतले डा, बुढाथोकीलाई प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।

डा. बुढाथोकीले आफूले पाएको थप जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *