कञ्चनपुरमा स्वास्थ्यकर्मीको घाँटी अठ्याउने व्यक्ति कांग्रेस जिल्ला सदस्य !

स्वास्थ्यकर्मीले उपचारमा लापरवाही गरेको र स्वास्थ्यकर्मीले खड्का माथि नै दुर्व्यहार गरेको नेकाको आरोप

कञ्चनपुर, ३ असोज । गए राति कञ्चनपुरको बेलौरी नगरपालिकामा रहेको श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीमाथि हातपात गर्ने व्यक्ति नेपाली कांग्रेसका जिल्ला सदस्य भएको खुलेको छ ।

जिल्ला सदस्य रामबहादुर खड्काले गए राति सवा ११ बजेको समयमा टाउको र आँखामा चोट लागेर घाइते भएका बेलौरी ५ मैनाहाका बाबुराम चौधरीको उपचारमा खटिएका श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत अहेब नरेन्द्र प्रसाद गैरेमाथि हातपात गरेका थिए । उनले अहेव गैरेको घाँटी अठ्याएका थिए । सो घटनाको श्रीपुर स्वास्थ्य केन्द्रको उपलव्ध गराएको सिसि टिभि फुटेजमा समेत स्पष्ट देख्न सकिन्छ ।

सिसिटिभि फुटेज बुधबार बाहिरिएपछि देशभरका स्वास्थ्यकर्मीहरुले विरोध गरेका छन् । आक्रमण गर्ने व्यक्तिलाई कडा कार्वाही गर्न माग गरेका छन् ।

तर नेपाली कांगे्रेसले भने आफ्ना जिल्ला नेताको दोष नभएको बरु उपचारका लागि खटिएका स्वास्थ्यकर्मी गैरेले उपचारमा कुनै तदारुकता नदेखाएको र लापवाही गरेको आरोप लगाएको छ ।

नेपाली कांग्रेस बेलौरी नगर कार्यसमिति सभापति पेपुराम चौधरी, नेका कञ्चनपुर प्रदेश सभा (ख) कार्य समिति सभापति चेतनकुमार राई र नेका क्षेत्रीय कार्यसमिति सभापति गोपी प्रसाद उपाध्यायले आज संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै घटनामा स्वास्थ्यकर्मीकै लापवाही भएको आरोप लगाएका हुन् ।

उनीहरुले उपचारमा किन ढिलाई भयो भनेर बुझ्न खोज्दा उल्टै खड्कामाथि दुर्व्यहार गरेको र अहिले राजनीतिक मुद्धा बनाएको आरोप लगाएका छन् । विज्ञप्तीमा उनीहरुले खड्कालाई जिल्ला सदस्य भएको भनेर भने खुलाएका छैनन् ।

यस्तो छ पार्टीको विज्ञप्ती

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *