औषधि व्यवस्था विभागद्धारा प्रभावकारी काम नगर्ने १०३ प्रकारका ‘एन्टीबायोटिक’ समिश्रणको सूची सार्वजनिक

मौज्दात रहेका औषधि छ महिना भित्र व्यवस्थापन गर्न समय सिमा

काठमाडौँ, १ असोज ।  औषधि व्यवस्था विभागले उपचारमा प्रभावकारी नदेखिएका १०३ प्रकारका प्रतिजैविक (एन्टीबायोटिक) औषधिको प्रयोगलाई निषेध गरेको छ ।

विभागले आइतबार ती औषधिको सूची प्रकाशित गर्दै यस्ता प्रतिजैविक औषधिको समिश्रण र सो औषधिहरुको समिश्रण उत्पादन तथा आयातलाई प्रतिवन्ध लगाएको जनाएको छ ।

उसले मौज्दात यस्ता औषधिहरुको व्यवस्थापन तथा विक्री गर्न छ महिनाको समय सिमा तोकेको छ ।

‘यो सूची विश्व स्वास्थ्य संगठनले तयार पारेको हो । प्रतिजैविक प्रतिरोधलाई न्युनिकरण गर्ने, तथ्यमा आधारित उपचार प्रणाली र समुचित प्रयोगलाई बढावा दिने उदेश्य हासिल गर्न औषधि सल्लाहकार समितिको ५५ औँ बैठकले सिफारिस भई आएपछि १८ भदौमा विभागीय निर्णय भएको हो,’ विभागका महानिर्देशक नारायणप्रसाद ढकालले भने ।

उनले यो सूचीमा भएका औषधिका समिश्रणहरु प्रभावकारी नभएको तथ्यले पुष्टि गरेको भन्दै डब्लुएचओको प्रतिवेदन अनुसार नै विभागले निर्णय लिएको स्पष्ट पारे ।

त्यसो त विभागले १०३ प्रकारको औषधि सूची सार्वजनिक गरे पनि नेपालमा अहिले यी मध्ये १३ प्रकारका औषधिका समिश्रणहरु दर्ता भएर प्रयोगमा आइरहेको बुझिएको छ ।

‘खासमा यी औषधिहरुले असर नै गर्ने त होईन, तर जति काम गर्नु पर्ने भनिएको छ, त्यो गर्दैन् । औषधिले प्रभावकारी काम नगरेपछि त्यसको फाइदा भएन, सोझो हिसावले बुझ्नुपर्ने कुरा यहि हो । त्यसैले हामीले ६ महिना भित्र भएका औषधिको व्यवस्थापन गर्न भनेका हौँ । नयाँ उत्पादन, दर्ता, आयात अनुमति लगायतका कुरा यी सूचीमा पर्ने औषधिले पाउदैनन्,’ महानिर्देशकले भने ।

यस्तो छ १०३ प्रकारको औषधिको सूची

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *