फार्मेसी सहायकको लाइसेन्स परीक्षामा २ हजार ८० जनाको आवेदन, ९५ जनाको आवेदन भने सशर्त स्वीकृत

काठमाडौँ, २९ भदौ । नेपाल फार्मेसी परिषद्ले शनिबार लिन लागेको फार्मेसी सहायकको नाम दर्ता (लाइसेन्स) परीक्षामा २ हजार ८० जनाको आवेदन परेको छ । यो परीक्षामा १ हजार ९८५ जना परीक्षार्थीको नियमित प्रक्रिया अन्तर्गत आवेदन स्विकृत भएको छ भने ९५ जनाको आवेदनलाई सशर्त स्वीकृत गरेको परिषद्ले जनाएको छ ।

परिषद्का रजिष्ट्रार सञ्जीव पाण्डेयका अनुसार परीक्षामा प्रथम वर्ष सञ्चालन स्वीकृती भएका तर मान्यता प्रक्रिया पुरा नगरेका तीनवटा संस्थाका परीक्षार्थीहरुलाई परीक्षामा सहभागी हुन सशर्त स्वीकृति दिइएको छ ।

ती स्वास्थ्य संस्थाहरुमा दिवाकर स्मृति बहु प्राविधिक शिक्षालय, श्री सहीद कृष्णसेन इच्छुक बहु प्राविधिक शिक्षालय र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला रहेका छन् ।

यस्तै केही भारतबाट अध्ययन् पुरा गरी आएका विद्यार्थीहरुको पनि आवेदनलाई सशर्त स्वीकृत गरिएको छ ।

‘खासमा परिषद्ले विद्यार्थीको भविस्यको सुनिश्चितता गर्न उल्लेखित संस्थाबाट प्राप्त आवेदनहरु प्रमाणीकरण गरि परीक्षामा सामेल गर्न निर्देशन भइ आएकोले सशर्त स्वीकृति दिइएको हो,’ रजिष्ट्रार पाण्डेयले भने ।

परिषद्को यो २३ औँ नाम दर्ता परीक्षा शनिबार (भोली) काठमाडौँको सानो भ¥याङस्थित नेपाली सेनाको स्वास्थ्य विज्ञान अध्ययन संस्थानमा विहान ८ देखि अपरान्ह ५ बजेसम्म हुँदैछ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *