स्वास्थ्य बीमा बोर्ड टेकुबाट बबरमहल सर्दै, मासिक भाडा ५ लाख रुपैयाँ

काठमाडौँ, १५ भदौ । झण्डै एक दशकसम्म स्वास्थ्य सेवा विभागको कार्यालय निशुल्क प्रयोग गर्दै आएको स्वास्थ्य बीमा बोर्डले अब भने भाडाको भवनबाट आफ्नो कार्यालय सञ्चालन गर्ने भएको छ ।

बोर्डले बबरमहलस्थित नेपाल औषधि लिमिडेटसंग गत साउन देखि नै लागू हुने गरी मासिक ५ लाख रुपैयाँ तिर्ने गरी केही कोठाहरु कार्यालय प्रयोजनका लागि भाडामा लिएको छ ।

बीमा बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाले बबरमहलस्थित नेपाल औषधि लिमिडेटको भवनमा आफ्नो कार्यालय सञ्चालन गर्न केही स्पेश भाडामा लिएको बताए । ‘हाम्रो सेवा फराकिलो हुँदैछ । अहिले हामी बसेको कार्यालय अलि साँघुरो भइरहेको छ । फेरी स्वास्थ्य सेवा विभागले पनि आफूलाई भवन आवश्यक परेको भन्दै खाली गरिदिनका लागि अनुरोध गर्दै आइरहेको अवस्था छ । त्यसैले हामीले नेपाल औषधि लिमिडेटको भित्रको भवनको केही भाग भाडामा लिएका छौँ । हामीलाई चाहिने जति स्पेश छ । स्पेशको हिसावले टेकुमा भन्दा सहज रुपमा काम गर्न पनि सकिन्छ,’ उनले भने ।

बोर्डले औषधि लिमिडेटसंग ५ लाख भाडामा लिने गरी पाँच वर्षे सम्झौँता गरेको छ ।

‘अहिले पाँच वर्षका लागि सम्झौँता भएको छ । यसबीचमा आफ्नै भवन भयो भने ठिकै छ नत्र पाँच वर्ष पछि सम्झौँता नबीकरण गर्नु पर्ने हुनसक्छ,’ बसौलाले भने ।

बबरमहलमा भाडामा कार्यालय खोल्ने भनेर बोर्डले नै निर्णय गरेको उनले बताए ।

विसं २०७८ साल चैत २५ गते कैलालीबाट सुरु भएको स्वास्थ्य बीमा कार्यक्रम अहिले देशका ७७ वटै जिल्लामा पुगेको छ । यद्धपी जिल्लाका केही पालिकाहरुमा भने यो कार्यक्रम अझै लागू भएको छैन् ।

विमितहरुले अपेक्षा अनुरुप अझै सेवा नपाएको गुनासो गरेका छन् । सेवा प्रदायक संस्थाहरुले पनि काम अनुसार समयमै सोधभर्ना नभएको गुनासो गरेका छन् । बोर्डले भने स्थान तथा जनशक्तिको अभावमा प्रशासनिक काम गरी समयमै नतिजा दिन नसकेको बताउने गरेको थियो ।

बोर्डका निर्देशक डा बसौलाले नयाँ कार्यालयमा सरेपछि सेवामा चुस्तता र तिब्रता आउने ठोकुवा गरेका छन् । उनले भनेका छन, ‘मासिक ५ लाख रुपैयाँका दरले बार्षिक ६० लाख रुपैयाँ भाडामा बुझाउन त पर्ने भयो तर यता सरेपछि सेवा पनि सोही अनुसार चुस्त बन्ने छ । गुनासाहरु कम हुँदै जानेछन् ।’

बोर्डले गत साउन देखि नै लागू हुने गरी भाडा तिरे पनि अहिलेसम्म सरेको भने छैन । ‘अहिले कोठाहरु मर्मत सम्भार भइरहेको छ । सम्भवत भदौको अन्तिम तथा असोजको पहिलो हप्तामा त्यता सिफ्ट हुन्छौँ,’ डा बसौलाले भने ।

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *