विद्यार्थी आन्दोलनका कारण पुल्चोक ईन्जिनिरिङ क्याम्पसमा सम्भव नभएपछि

परिषद्को आज देखि सुरु हुने लाइसेन्स परीक्षाको केन्द्र बबरमहल तोकियो

काठमाडौँ, १५ भदौ । नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले आज देखि २० भदौसम्म सञ्चालन हुने सातौँ नाम दर्ता (लाइसेन्स) परीक्षाको केन्द्र परिवर्तन भएको जनाएको छ । परिषद्ले बिहीबार (हिजो) बेलुका सूचना जारी गर्दै नयाँ परीक्षा केन्द्र बबरमहलको नेपाल औषधि लिमिटेड परिसर भित्रको एडभान्स एजुकेशन एण्ड इन्नोभेटिभ रिसर्च सेन्टर प्रालिमा तोकिएको जनाएको हो ।

कम्प्युटर विधिबाट लिइने यो परीक्षाका लागि परिषद्ले यसअघि पुल्चोकस्थित नेपाल इन्जिनियरिङ अध्ययन् संस्थान (पुल्चोक क्याम्पस)लाई केन्द्र तोेकेको थियो ।

पुल्चोक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनले विभिन्न माग अघि सार्दै आन्दोलन गरेको कारण अन्तिम समयमा परीक्षा केन्द्र सारिएको परिषद्ले जनाएको छ ।

‘हामीले थुप्रै चरणका बार्ताहरु गरयौँ, तर अन्तिमसम्म पनि समाधान निस्किएन, त्यसैले हिजो बेलुका नयाँ ठाँउमा केन्द्र तोक्ने निर्णय गरेका छौँ । बबरमहलको दुरसञ्चार केन्द्र भवन अगाडी रहेको एडभान्स एजुकेशन एण्ड इनोभेटिभ रिसर्च सेन्टर प्रालि जो नेपाल औषधि लिमिडेट परिसर भित्र रहेको छ । त्यहाँ कम्प्युटर विधिबाट नै परीक्षा लिने तयारी छ । त्यसका लागि हामीले सबै प्राविधिक जाँच गरिसकेका छौँ,’ रजिष्ट्रार लिलानाथ भण्डारीले भने ।

परिषद्ले यसपटक विभिन्न तहका ३७ विषयमा लिने परीक्षा दिनका लागि कुल ५ हजार ७६७ जनाले फारम भरेको जनाएको छ । प्रति दिन तीन सिफ्टमा हुने परीक्षामा पहिलो सिफ्ट विहान ९ बजे देखि सुरु हुने समय तालिका रहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *