स्वास्थ्य सेवा विभाग र कान्ति अस्पतालको नेतृत्व फेरिदै
काठमाडौँ, १३ भदौ । स्वास्थ्य मन्त्री मोहन बस्नेतले स्वास्थ्य सेवा विभाग र कान्ति बाल अस्पतालको नेतृत्व परिवर्तन गर्ने तयारी गर्दैछ । आज विहान मन्त्री बस्नेतले आफ्नो ‘कोर टिम’संग बसेर नेतृत्व परिवर्तन गर्ने तयारीमा लागेका हुन् ।
स्रोतका अनुसार विभागको महानिर्देशकमा डा संगिता मिश्रालाई नियुक्ती गर्ने तयारी छ । यस्तै कान्ति बाल अस्पतालको निर्देशकमा डा पंकज राय नियुक्त गर्ने तयारी भएको छ ।
विभागमा यसअघि डा दीपेन्द्ररमण सिंह महानिर्देशक थिए । यस्तै कान्तिमा डा युवा निधि बसौला निर्देशक थिए ।
उहाँहरुको विषयमा छलफल भएको हो तर निर्णय हुन बाँकी नै छ । उहाँहरुले नियुक्ति पत्र पनि पाउनु भइसकेको छैन् । मन्त्री सचिवालयका एक सदस्यले भने ।
सम्पर्क इमेल : [email protected]