कोकाकोलामा ढुँसी देखिएपछि काठमाडौँ महानगरको एक्सन, बिक्रेतालाई डेढ लाख रुपैयाँ जरिवाना
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कालिञ्चोक ट्रेडिङ्लाई १ लाख ५० हजार रुपैयाँ जरिवाना तिराएको छ । वडा नं. २८ पुतलीसडकमा रहेको ट्रेडिङ् पेय पदार्थ कोकाकोलाको वितरक हो ।
२५० मिलिलिटरको शिलबन्दी बिर्को भएको बोतलको भित्र कोकाकोलामा अखाद्य बस्तु (सेतो डल्लो) देखिएपछि भृकुटीमण्डपका व्यापारीले महानगर प्रहरीमा खवर गरेका थिए । त्यसलगत्तै महानगर प्रहरी र बजार अनुगमन टोली अनुगमनका लागि गएका थिए ।
अवस्थामा विषयमा जानकारी गराउँदै कृषि तथा पशुपंक्षी विभागका प्रमुख एवं निरीक्षण अधिकृत डा। अवधेश झाले भने, ‘हामीले फोहोर देखिएको बोतलको व्याच नम्बरमा उत्पादन भएका अरु बोतलहरु हेर्यौं । अन्य व्याच नम्बरमा उत्पादन भएका बोतल पनि हेर्यौं । उत्पादक, वितरक र व्यापारीसँग सोधपुछ गर्यौं । यसमा वितरकले लापर्वाही गरेको अवस्था अवगत भएपछि वितरकलाई कारवाही गरेका हौँ ।’
महानगरले बजार अनुगमनमा क्रममा अहिले पानी र दूधजन्य उत्पादन, वितरण तथा विक्री वितरणको बजार हेरिरहेको छ ।
सम्पर्क इमेल : [email protected]