चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष बन्न १० जनाको दरखास्त, तर एक जनाको दरखास्त अस्विकृत (सूची सहित)
काठमाडौँ, ८ भदौ । चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा नियुक्तीका लागि १० जनाले दरखास्त दिएका छन् । तर नाम सिफारिस समितिले ती मध्ये एक जनाको अनुभवको अवधी नपुगेको भन्दै दरखास्त अस्विकृत गरेको छ ।
समितिका अनुसार उपाध्यक्ष पदका लागि प्राडा संगिता सिंह भण्डारी, प्राडा सुमन कुमार श्रेष्ठ, डा प्रविण मिश्र, प्राडा पिउस दाहाल र प्राडा विधान निधि पौडेल दरखास्त स्वीकृत भएको छ । यस्तै वर्तमान उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरी, डा प्रमोदकुमार यादव, डा अञ्जनीकुमार झा र प्राडा मनेनप्रसाद गोर्खालीको दरखास्त पनि स्वीकृत गर्दै प्रतिस्पर्धामा राखिएको छ ।
तर डा विरेन्द्रप्रसाद यादवको दरखास्त भने अस्विकृत भएको छ । उनको अनुभवको अवधी गणना गर्दा २० बर्ष नपुगेको समितिले जनाएको छ ।
समितिले गत २६ साउनमा उपाध्यक्षका लागि सूचना प्रकाशित गर्दै योग्यता पुगेकाहरुलाई दरखास्त दिन आव्हान गरेको थियो ।
सम्पर्क इमेल : [email protected]