शैक्षिक प्रमाणपत्र नक्कली भएको आरोपमा चितवनबाट एक जना एमबीबीएस अध्ययनरत विद्यार्थी पक्राउ
काठमाडौँ, १ भदौ । शैक्षिक प्रमाणपत्र नक्कली भएको आरोपमा चितवनबाट एक जना एमबीबीएस अध्ययनरत विद्यार्थी पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गएराति चितवनबाट नसिम अख्तरलाई पक्राउ गरेको हो । पक्राउ परेका अख्तरलाई चितवनबाट काठमाडौँ, ल्याइदैछ ।
उनी चितवन मेडिकल कलेजमा एमबीबीएस अन्तिम सेमेष्टरमा अध्ययनरत विद्यार्थी हुन् । उनीमाथि आईएससी पास भएको सर्टिफिकेट नक्कली बनाएको आरोप छ ।
यसअघि पनि सीआईबीले शैक्षिक प्रमाणपत्र नक्कली भएको आरोपमा बिभिन्न जिल्लाबाट ८ जना डाक्टरलाई पक्राउ गरेको थियो। जसमध्ये एक जना सक्कली रहेको पाइएपछि हिरासतमुक्त भएका थिए।
प्रमाणपत्र नक्कली भएको आरोमा पक्राउ परेका डा सुनिल शर्मालाई भने जिल्ला अदालत काठमाडौँले हिरासत बाहिर राखेर अनुसन्धान गर्न आदेश दिएकाो छ भने ६ जना हिरासतमा रहेका छन्।
सम्पर्क इमेल : [email protected]