सांसद एवं मेडिकल कलेज सञ्चालक सुनिल शर्मा पक्राउ

काठमाडौँ, २५ साउन । प्रतिनिधि सभाका सदस्य एवं तीनवटा मेडिकल कलेज सञ्चालक सुनिल शर्मा पक्राउ परेका छन् । विराटनगरस्थित नोवेल मेडिकल कलेज, काठमाडौ मेडिकल कलेज सिनामंगल र पिपुल्स डेन्टल कलेजका संचालक समेत रहेका शर्मालाई आज दिउसो नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सीआईबीले गोल्फुटारस्थित निवासबाट पक्राउ गरेको हो ।

सिआइवीले शर्मालाई पक्राउ गर्नुको कारण खुलाएको छैन । प्रहरी स्रोतका अनुसार उनलाई किर्ते कागजात अनुसन्धानका लागि पक्राउ गरिएको हो ।

यद्धपी आजै बेलुकासम्म संसदलाई कारण सहित जानकारी दिने तयारीमा सीआईबी रहेको पाइएको छ ।

पछिल्लो समय शर्माले सुन प्रकरणसंग जोडेर अर्थ मन्त्री प्रकाशशरण महत र गृहमन्त्री नारायणकाजी श्रेष्ठको खुलेर आलोचना गर्दै आएका थिए । उनको आलोचनालाई काउन्टर दिदै अर्थ मन्त्री महतले वीमा कार्यक्रममा बदमासी भएर रोकिएपछि आफ्नो विरोध गरेको बताउने गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *