आर्थिक वर्ष सकिनै लाग्दा स्वास्थ्यले गर्‍यो १ अर्व ३ करोड बढी रकम रकमान्तर

रकमान्तर भएको बजेटबाट स्थानीय तहमा बन्दै गरेका ५, १०, १५ शैय्याको अस्पतालहरुको भुक्तानी गरिने

काठमाडौँ, २७ असार । स्थानीय तहमा बन्दै गरेका ५, १०, १५ शैय्याको अस्पतालहरुमा भुक्तानी गर्नुपर्ने भन्दै स्वास्थ्य मन्त्रालयले आफ्ना विभिन्न कार्यक्रमबाट १ अर्व ३ करोड ९३ लाख ८६ हजार रुपैयाँ रकमान्तर गरेको छ । मन्त्रालयले आर्थिक वर्ष सकिन पाँच दिन बाँकी रहँदा स्थानीय तहमा बन्दै गरेका ८० वटा अस्पतालको भुक्तानीका लागि सो रकम रकमान्तर गरेको हो ।

मन्त्रालयका अनुसार चालु आर्थिक बर्षमा गर्ने भनिएका कार्यक्रमका लागि रकम छुट्याएपनि सम्पन्न हुने छाँट नआएपछि तिनै शीर्षकबाट बजेट रकमान्तर गरिएको हो ।

मन्त्रालयले कान्ति बाल अस्पतालको तीनवटा ओटी विस्तारका लागि औजार उपकरण खरीद तथा जडानका लागि भन्दै छुट्याइएको बजेट खर्च नभएपछि रकमान्तर गरेको छ । यस्तै स्वास्थ्य क्षेत्र सुधार कार्यक्रम अन्तरगर्त ३०० स्थानीय तहमा क्लिनिक इन द व्याग खरीद तथा वितरणका लागि भन्दै छुट्याइएको रकम पनि खर्च हुन नसकेपछि रकमान्तरमा परेको छ ।

यस्तै स्वास्थ्य क्षेत्र सुधार कार्यक्रम अन्तरगर्त क्यान्सर रोग उपचारका लागि प्रयोग हुने लिनियाक एसिलेटर मेसिन पनि खरीद हुन नसकेपछि त्यसका लागि छुट्याइएको रकम पनि रकमान्तर गरिएको छ ।

यसैगरी अपांगता भएका व्यक्तिहरुलाई ह्वील चियर खरीद तथा वितरण गर्ने कार्यक्रम पनि सम्पन्न गर्न नसकेपछि त्यसको रकम रकमान्तर गरिएको छ ।

यस्तै जेष्ठ नागरिक अस्पताल विस्तृत परियोजना प्रतिवेदन तयारी तथा अध्ययनु, रामराज प्रसाद सिंह सवास्थ्य विज्ञान प्रतिष्ठानको डीपीआर लगायतका पूर्वाधार निर्माण, वीपी कोइराल स्वास्थ्य विज्ञान प्रतिष्ठानको एमसीएच भवन निर्माणको क्रमागत भुक्तानी लयायत कार्यक्रमको बजेट पनि खर्च हुन नसकेको भन्दै रकमान्तर गरिएको छ ।

यस्तै एकीकृत स्वास्थ्य पूर्वाधार कार्यक्रम अन्तरगतको सघन शहरी तथा भवन निर्माण आयोजना झाप अन्तरगर्तका एकीकृत स्वास्थ्य विकास कार्यक्रम र आयुर्वेद सेवा कार्यक्रम अन्तरगर्त स्वास्थ्य भवन निर्माण लगायतका कार्यक्रमबाट पनि बजेट रकमान्तर गरिएको छ ।

हेरौँ कुन कुन शीर्षकका रकम कहाँ भुक्तानीका लागि रकमान्तर भयो ?

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *