कैलाली र कञ्चनपुरका स्थानीय तहको निर्णय : दरबन्दी बढी स्वास्थ्यकर्मीहरु संघीय मन्त्रालयमा फिर्ता पठाउने

काठमाडौँ, २३ असार । कैलाली र कञ्चनपुरका स्थानीय तहले दरबन्दी भन्दा बढी भएका स्वास्थ्यकर्मीलाई आगामी आर्थिक वर्षबाट नराख्ने भएका छन् । उनीहरुले १ साउन पछि दरबन्दी भन्दा बढी भएका स्वास्थ्यकर्मीलाई संघीय स्वास्थ्य मन्त्रालयमा फिर्ता पठाउने निर्णय गरेका छन् ।

धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालको अध्यक्षतामा आज बसेको दुई जिल्लाका स्थानीय तहका पदाधिकारीहरुको बैठकले यस्तो निर्णय गरेको हो ।

कर्मचारी समायोजन ऐन २०७५ बमोजिम अहिले स्थानीय तहमा समायोजन, समायोजन संसोधन, सरुवा एवम काम काजका स्वास्थ्यकर्मीहरु खटिएका छन् । संघीय मन्त्रालयको अनुमति लिएर उनीहरु त्यस ठाउँमा पुगेका हुन् ।

संघीय मन्त्रालयले दरबन्दी बाहेकका स्वास्थ्यकर्मीलाई आगामी आर्थिक वर्षबाट रकम उपलव्ध गराउन नसकिने पत्र पठाएपछि स्थानीय तहले कर्मचारी फिर्ता पठाउने निर्णय गरेको हो । यसले समायोजन भई स्थानीय तहमा पुगेर काम गरिरहेका कतिपय कर्मचारीहरुलाई पुन झमेला पर्ने भएको छ ।

स्वास्थ्यका पेशागत संगठन तथा ट्रेड युनियनहरुले समायोजन पछि झमेलामा फसेको सरकारले थप झमेला बढाउन खोजेको आरोप लगाएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *