यी हुन् सरकारले ६ महिनामा गरेका स्वास्थ्यका १० उपलव्धी

काठमाडौँ, १५ असार । सरकारले पछिल्लो छ महिनाको उपलव्धीमा स्वास्थ्य तथा जनसंख्या क्षेत्रका १० उपलव्धी सार्वजनिक गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार सरकारले छ महिनाको अवधीमा गरेका उपलव्धी सार्वजनिक गर्ने क्रममा स्वास्थ्य तथा जनसंख्या क्षेत्रका १० बुँदा सार्वजनिक गरेका हुन् ।

तर ती उपलव्धीहरु सामान्य किसिमका देखिन्छन् ।

उपलव्धीका केही बुँदाहरुमा राष्ट्रिय जनगणनाको आधारमा मातृमृत्यु दर अध्ययन गरी प्रतिवेदन सार्वजनिक गरिएको उल्लेख छ । यस्तै डा सन्दुक रुईतलाई इशा अवार्डका लागि ग्रहण गर्न स्विकृती दिने र अडार्डमा प्राप्त नगदमा कर छुट दिने निर्णयलाई उपलव्धीमा उल्लेख गरिएको छ ।

अघिल्लो आर्थिक वर्षको बजेटमा उल्लेख भएको एचपीभी खोप चालु आर्थिक वर्ष सकिन १५ दिन बाँकी हुँदासम्म आइपुगेको छैन् । तर २००० भाईल खोप आउने क्रममा छ भनेर उपलव्धीमा उल्लेख गरिएको छ ।

औषधिमा आत्म निर्भर बन्न नेपाल औषधि लिमिडेटलाई ८ प्रकारका औषधि उत्पादनका लागि आवश्यक पूर्व तयारी गरिएको लगायत उल्लेख छ ।

अरु उपलव्धीमा केही निर्देशिका पारित गरिएको कुरा, पाठेघरको क्यान्सर स्क्रिनिङ गरेको कुरा उल्लेख छ । जो नियमित चल्ने प्रक्रिया हुन् ।

यी हुन् उपलव्धी :

  • सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा जनताको पहुँच सुनिश्चित गर्न नेपाल स्वास्थ्य  क्षेत्र रणनीतिक योजना (२०७९/८०-२०८७/८८), राष्ट्रिय स्वास्थ्य वित्त रणनीति (२०८०-२०९०) र राष्ट्रिय संक्रमण रोकथाम तथा नियन्त्रण निर्देशिका, २०७९ स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको ।
  • भरतपुर अस्पताल र भेरी अस्पताललाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको आदिक अस्पतालको रूपमा सञ्चालन गर्नेगरी शैक्षिक कार्यक्रम विस्तार गर्ने निर्णय भएको ।
  • तिलगंगा आँखा स्वास्थ्य शिक्षा मानित विश्वविद्यालय स्थापनासम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गरिएको ।
  • नेपालमै पहिलोपटक जनगणनाको आधारमा मातृ मृत्युदर अध्ययन गरी प्रतिवेदन सार्वजनिकीकरण गरिएको ।
  • डेङ्गीरोग रोकथाम तथा नियन्त्रणका लागि कार्ययोजना तयार हुनुका साथै टास्क फोर्स गठन भई क्रियाशील रहेको ।
  • पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ सेवा सञ्चालन निर्देशिका तयार भई २००० भायल एच.पि.भी. खोप प्राप्त हुने प्रक्रियामा रहेको र २०८० जेठसम्ममा १,२९,३५५ जनाको पाठेघरको मुखको क्यान्सरको निःशुल्क स्क्रिनिङ गरिएको ।
  • देशका सबै सरकारी सामुदायिक तथा निजी अस्पताललाई कुल शय्याको १० प्रतिशत छुट्याई बिपन्न, असहाय, बेवारिसे बिरामीको निःशुल्क उपचार गराउन निर्देशन दिइएको। वीर अस्पतालका ७ सय साधारण शय्यालाई आम सर्वसाधारणका लागि निःशुल्क रूपमा उपलब्ध हुने व्यवस्था गरिएको ।
  • सरकारले प्रदान गर्दै आएका अत्यावश्यक औषधीहरूलाई राज्यका तर्फबाट ने उत्पादन गरी औषधिमा आत्मनिर्भर बन्न नेपाल औषधी लिमिटेडमार्फत तत्कालका लागि १८ प्रकारका औषधी उत्पादनका लागि आवश्यक पूर्व तयारी गरिएको।
  • स्वास्थ्य सेवालाई प्रभावकारी तथा पहुँचयोग्य बनाउन अस्पतालहरूको स्तरोन्नति दुई सिफ्टमा सेवा प्रदान, विद्युतीय स्वास्थ्य अभिलेख तथा लाइन व्यवस्थापन सुधारको कार्ययोजना तयारीको क्रममा रहेको।
  • आँखा उपचारको क्षेत्रमा विशिष्ट योगदान पुन्याउने डा. सन्दुक रुइतलाई बहराइन सरकारबाट प्रदान गरिने ISA Award for Service to Humanity ग्रहण गर्न स्वीकृति र सी अवाईसाथ प्राप्त हुने नगद रकममा लाग्ने कर छुट दिएको।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *