काठमाडौँ महानगरपालिकाले २६९ स्वास्थ्यकर्मी करारमा नियुक्त गर्ने

 

काठमाडौँ, १० असार । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षमा ८०३ जना कर्मचारी करारमा नियुक्त गर्ने भएको छ ।

आइतबार नगरसभामा आर्थिक वर्ष २०८०/ ०८१ को बजेट प्रस्तुत गर्दै उपमेयर सुनिता डंगोलले आगामी आर्थिक वर्षमा ८०३ जना कर्मचारी करारमा नियुक्त गर्ने बताएकी हुन् । जसमा २६९ जना स्वास्थ्यकर्मीको दरबन्दी रहने व्यवस्था गरिएको छ ।

उनले महानगरको क्षेत्रगत जनशक्तिको अभावलाई तत्काल परिपूर्ति गर्न कुचिकार ३०० जना, कार्यालय सहयोगी ५१ जना, चौकीदार ३२ जना, नगरप्रहरी जवान १५१ जनालाई करार सेवा मार्फत सम्झौता गरी काममा लगाउन आगामी आर्थिक वर्षको लागि ३० करोड रुपैया रकम बिनियोजन गरेको बताइन् ।

महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँको बजेट ल्याएको छ । जसमा स्वास्थ्य क्षेत्रका लागि ९२ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *