सुधार गृहहरुमा कैदीबन्दी लक्षित विशेषज्ञ स्वास्थ्य शिविर, ४ हजार बढीले लिए सेवा
काठमाडौँ, ५ असार । कारागारहरुमा रहेका कैदी बन्दीहरुको स्वास्थ्यमा विशेष ध्यान दिदै विशेषज्ञ स्वास्थ्य शिविर तथा स्क्रिनिङ हेल्थ क्याम्पको आयोजना गरिएको छ ।
गत २९ जेठ देखि सुरु भएको शिविरमा अहिलेसम्म ४ हजार बढीले सेवा लिएको केन्द्रीय कारागार अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डा प्रकाश बुढाथोकीले बताए ।
उनका अनुसार महिला बन्दी सुधार गृहमा ५ सय बढी, भद्र बन्दी सुधार गृहमा ६५८ बढी, केन्द्रीय सुधार गृह जगन्नाथ देवलमा १ हजार २०० र डिल्लीबजार सुधारगृहमा ७०० बढी कैदीवन्दीहरुले सेवा लिएका छन् । त्यसबाहेक सुधारगृहमा कार्यरत अरु कर्मचारी, प्रहरी तथा स्वास्थ्यकर्मी गरी कुल ४ हजार बढीले सेवा पाएका हुन् ।
डा बुढाथोकीले शिविरमा प्रसुती गृहका महिला तथा स्त्रीरोग बिशेषज्ञहरु,मानसिक अस्पतालका मानसिक रोग बिशेषज्ञहरु,ट्रमा सेन्टरका हाड जोर्नी बिशेषज्ञहरु,वीर अस्पतालका छातीरोग बिशेषज्ञहरु,ईन्र्टनीष्ट, ईन्डोक्राईनोलोजिष्टहरु,छालारोग बिशेषज्ञहरु तथा केन्द्रीय कारागार अस्पतालका बिशेषज्ञ,चिकित्सक,ल्याब,नर्र्सिड्ड र स्वास्थ्यकर्मीहरु गरी ३ दर्जन बढीले सेवा प्रदान दिएका थिए ।
त्यस्तै केन्द्रिय कारागार अस्पताल,स्वास्थ्य सेवा समाज र प्रीजन फाउन्डेसनको प्राविधिक सहयोगमा क्षयरोग, एचआईभी/एडस, रक्तचाप, सुगर लगायत भाईटलसहरुको स्क्रिनिड्ड गरिएको पनि थियो ।
यसबाट लुकेर बसेका समस्याहरु समेत पहिचान भएको र उपचारको दायरामा ल्याईएको बताइएको छ ।
त्यस्तै बिशेषज्ञ शिविरबाट.जटिल प्रकारका रोगहरु समयमा नै पत्ता लगाई अस्पताल र उपयुक्त बिशिष्टिकृत अस्पतालमा प्रेशण गर्नका साथै कैदीबन्दीहरुको सामुहिक बसाई,खानपान तथा जीवनशैलीलाई परिमार्जन गर्दे ब्यक्तिगत सरसफाई, खानपिन, जीवनशैली लगायतमा आदतबानीमा सुधार ल्याउने समेत आकंलन गरिएको छ ।
डा बुढाथोकीले यस्तो शिविर देशका अन्य सुधारगृहमा पनि सञ्चालन गरिने बताए ।
सम्पर्क इमेल : [email protected]