स्वास्थ्यमा ‘ब्रेन ड्रेन’ रोक्न नसक्नु राज्यको कमजोरी : सांसद प्रदीप पौडेल
काठमाडौँ, ३ असार । पछिल्लो समय नेपालबाट चिकित्सक, नर्स तथा स्वास्थ्य क्षेत्रका दक्ष प्राविधिक विदेशिने क्रम बढेको छ । विज्ञहरुले यसलाई स्वास्थ्य क्षेत्रको ब्रेन ड्रेन (प्रतिभा पलायन) हो भन्दै नरोकिएको प्रति चिन्ता व्यक्त गर्दै आएका छन् ।
आइतबार प्रतिनिधिसभामा स्वास्थ्य मन्त्रालय अन्तरर्गको विनियोजन विधियकमाथि छलफल गर्ने क्रममा सांसद प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रको प्रतिभा पलायनको विषय उठाएका हुन् ।
‘हामीकहाँ अहिले दक्ष डाक्टर, नर्स, अरु प्यारामेडिक्स लगायतका दक्ष स्वास्थ्य क्षेत्रका प्राविधिकहरु विदेश पलायन हुने क्रम बढेको छ । यसो हुनुमा सरकारको नीति मुख्य दोषी हो । अब यस्तो अवस्था देखिदा पनि कुनै कदम नचाली बस्नु झन ठूलो कमजोरी हो । यो विषयमा राज्य गम्भीर हुनु पर्छ,’ उनले भने ।
‘स्वास्थ्य भित्र ब्रेन ड्रेनको समस्या छ । नेपालमा डाक्टर स्वास्थ्यकर्मी राख्न सकेनौँ । हामीले उनीहरुलाई राख्न सकेनौँ । राज्यको समस्या हो ।’उनले भने ।
उनले स्वास्थ्यका सुविधाहरु योगदानमा आधारित हुनु पर्ने बताए ।
‘६० बर्षसम्म काम गरेका व्यक्तिहरुले त्यसपछिका उमेरमा पाउनु पर्ने सुविधा पाएको छ कि छैन् त्यस तर्फ हेर्नु परयो । जेष्ठ नागरिकलाई निशुल्क उपचारको व्यवस्था मिलाउनु परयो,’ नेपाली कांग्रेसका युवा नेता समेत रहेका सांसद पौडेलले भने ।
उनले स्वास्थ्य संग अरु मन्त्रालय पनि जोडिने भन्दै स्वास्थ्य क्षेत्र सुधारका लागि स्वास्थ्य मन्त्रालय एक्लैले गर्न नसक्ने बताए ।
सम्पर्क इमेल : [email protected]