प्राज्ञिक र अनुसन्धानका क्षेत्रमा सहकार्य गर्ने गरी कान्तिपुर डेन्टल कलेज र भारत सविथा डेन्टल कलेज बीच सम्झौँता

काठमाडौँ, २ जेठ । कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर (केडीसी) बसुन्धरा काठमाडौँ र सविता इन्स्टिच्युट अफ मेडिकल एण्ड टेक्निकल साइन्सेज/ सविथा डेन्टल कलेज चेन्नेई, भारतबीच प्राज्ञिक तथा अनुसन्धानका क्षेत्रमा सहकार्य गर्ने गरी द्धिपक्षीय सम्झौँता भएको छ ।

गत आइतबार काठमाडौँमा आयोजित विशेष समारोहमा केडीसीका प्रिन्सिपल प्राडा रविन्द्रमान श्रेष्ठ र सविथाका डीन प्राडा अरविन्दकुमार सुब्रमानियनबीच सहकार्य गर्ने सम्बन्धी सम्झौँता पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौँतापछि पीजी एमडीएस तहमा अध्ययनरत विद्यार्थी तथा फ्याकल्टीहरुलाई एक अर्काको कलेजमा जाने र अनुभव आदान प्रदान गर्ने अवसर मिलेको छ भने प्राज्ञिक तथा रिसर्चको क्षेत्रमा सविथाले हामीलाई विशेष सहयोग गर्ने भएको छ । केडीसीका प्रिन्सिपल प्राडा श्रेष्ठले भने ।
उनले केडीसी अन्तराष्ट्रिय स्तरबाट आफ्नो दायरालाई फराक गर्दै लैजाने योजनाका साथ विश्वका विभिन्न विश्वविद्यालय, कलेज तथा प्राज्ञिक प्रतिष्ठानंसंग सहकार्य गर्दै अघि बढेको समेत बताए ।

‘नलेज सेयरिङ र रिसर्च महत्वपूर्ण कुरा हो । यसमा हामी विभिन्न देशका युनिभर्सिटी तथा कलेजसंग सहकार्य गर्दै आएका छौँ । अहिले पछिल्लो पटक सविथासंग गरिएको हो’  उनले भने ।

त्यसो त सविता भारतको एनआईआरएफ रेटिङमा नम्बर वान कलेज पर्दछ ।

केडीसीका अध्यक्ष डा बुद्धिमान श्रेष्ठले द्धिपक्षीय सम्झौँताले केडीसीमा अध्ययनरत विद्यार्थी र फ्याकल्टीलाई अन्तराष्ट्रिय स्तरमा थप ‘एक्सपोजर’ हुने मौका मिलेको बताए । उनले नम्बर वान कलेजसंग सहकार्य गर्दा त्यसले एकेडेमिक र रिसर्चमा थप प्रभाव पार्ने बताए । उनले यस्तो सम्झौताले दन्त क्षेत्रमा नवीनतम प्रविधि र सीप भित्र्याउन समेत मद्धत पुग्ने बताए ।

यसअघि केडीसीले वल्ड डोमिनियन युनिभर्सिटी स्कुल अफ हेल्थ साइन्स भर्जिनिया अमेरिका, लाट्रोभ युनिभर्सिटी अस्ट्रेलिया, टोकियो कलेज अफ मेडिकल टेक्नोलोजी जापान, टोकियो डेन्टल कलेज जापान, एजे सेट्टी डेन्टल कलेज भारत लगायतका संस्थाहरुसंग समेत एकेडेमिक तथा रिसर्चमा सहकार्य गर्ने गरी द्धिपक्षीय सम्झौँता गरिसकेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *