राष्ट्रिय आँखा रणनीतिबारे पत्रकारलाई प्रशिक्षण दिदै नेपाल नेत्रज्योति संघ

काठमाडौँ, १८ बैशाख । ‘नेपालको संविधान २०७२ ले आधारभूत स्वास्थ्य सेवालाई मौलिक हकको रुपमा स्थापित गरेको छ । आधारभूत स्वास्थ्य सेवा प्याकेज २०७५ को सरुवा रोग सम्वन्धी सेवा शीर्षकमा अन्तरगत आँखा स्वास्थ्य सेवा पनि परेको छ । राष्ट्रिय स्वास्थ्य नीति २०७६ र पन्ध्रौँ योजनाले समेत आँखा स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेको छ । उल्लेखित संवैधानिक तथा नीतिगत व्यवस्थाका साथै अपांङ्गता सम्वन्धी अन्तराष्ट्रिय महासन्धिको मर्मलाई समेत दृष्टिगत गरी राष्ट्रिय आँखा स्वास्थ्य रणनीति (२०७९-२०८६) तर्जुमा गरिएको हो,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नीति योजना तथा अनुगमन शाखाका बरिष्ठ जनस्वास्थ्य अधिकृत डा. रविकान्त मिश्रले आँखा स्वास्थ्य सेवामा सुधार ल्याउन सरकारले बनाएको सात वर्षे रणनीतिको मूल उदेश्य यसरी सुनाएका थिए ।

नेपाल नेत्रज्योति संघको आयोजनामा शुक्रबार गोदावरीमा भएको जर्नालिष्ट सेन्सेटाइजेसन प्रोग्राम अन नेशनल आई हेल्थ स्ट्राटेजी २०७९ विषयक अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य सहितका ६० बढी पत्रकारहरुको उपस्थिति थियो । सोही अवसरमा पत्रकाररुको आँखामा हुने समस्याहरुको बारेमा तथा आँखाको संरचना र दृष्टि प्रदान गर्न यसले गर्ने कार्यका बारेमा पत्रकारहरुलाई जानकारी गराईएको थियो । यस्तै विश्व र नेपालमा अन्धोपनाको अवस्थाबारेमा समेत जानकारी दिइएको थियो ।

छलफल कार्यक्रममा काडमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालका बरिष्ठ आँखा विशेषज्ञ प्राडा सविना श्रेष्ठले आँखामा हुने समस्या, कम्प्युटरमा बसेर काम गर्ने पत्रकारहरुको आँखामा देखिने साझा समस्याका बारेमा प्राडा श्रेष्ठले बताएकी थिईन । आँखाबारे जानकारी दिदै आँखाको सेतो भाग सेतो र काल भाग कालो देखिनु सामान्य भएको र रंङमा बदलाव आएमा कालो हुनुपर्नेमा सेतो र सेतो भएको ठाँउमा कालो दागहरु देखिए असामान्य रहेको बताइन्। त्यसैगरी ढकनी, अध्यारो उज्यालो, दाँया बाँया हेर्दा लगायत बाहिरबाट कसरी आँखा असामान्य भएकोबारे थाहा पाउने भन्ने कुार जानकारी गराएकी थिइन्।

यस्तै नेपाल र बाहिरी विश्वमा रहेको अन्धोपनको अवस्था र समस्याको बारेमा युद्धध्वज सापकोटाले प्रस्तुति गरेका थिए ।

कार्यक्रममा संघका महासचिव भरतवहादुर चन्दले नेपाल नेत्र ज्योति संघले दिएको सेवा र भावि योजनाका बारेमा बताएका थिए । उनले सरकारले ल्याएको आँखा स्वास्थ्य रणनीतिलाई कसरी प्रभावकारी कार्यान्वयनमा ल्याउन सकिन्छ भन्ने विषयमा सञ्चारकर्मीलाई जानकारी गराउन कार्यक्रमको आयोजना गरिएको बताए ।

संघका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्रले संघले आँखा सेवाको क्षेत्रमा गरेको कामको विवरण दिदै आगामी दिनमा गर्ने कार्ययोजनाका बारेमा बताएका थिए । उनले नेपालमा अन्धोपना निवारणमा भइरहेका कार्यक्रमहरुको भुमिका र असरबारे जानकारी दिएका थिए । डा मिश्रले आँखा स्वास्थ्यमा अहिले मुख्य गरेर चार प्रकारका कार्यक्रमहरु भइरहेकोबारे जानकारी दिदै पहिलो ‘प्रमोशन’ जसमा जनचेतना तथा जानकारी मुलक कार्यक्रम संचालन हुने बताए।

त्यसैगरी उनले ‘प्रिभेन्सन’ जसमा आँखा स्वाथ्यबारे जानकारी स्कुल तथा समुदायहरुमा कसरी सचेत गराउने आँखाको समस्या पहिचान तथा उपचार गरे निको हुन्छ भन्ने बारे जानकारी दिने तथा समस्याको रोकथाम जस्ता कार्यक्रम रहेको बताए। तेस्रोमा ‘ट्रिटमेन्ट’ जसमा उपचारको दायरा बढाउने र जनस्तरमा सुलभ पहुच पुर्‍याउने विषय रहेको बताए।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *