पूर्वमन्त्री वर्षमान पुनको स्वास्थ्यवस्थाबारे जानकारी लिन सुमेरु अस्पताल पुगे स्वास्थ्यमन्त्री गिरी

काठमाडौँ, ६ माघ । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले पूर्वअर्थमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

मन्त्री गिरीले आज ललितपुरको सुमेरु अस्पताल पुगेर उपचाररत पुनको स्वास्थ्य अवस्थाबारेमा जानकारी लिएका हुन् ।

स्वास्थ्यमा समस्या देखिएपछि नेता पुनलाई गत पुस ३० गते रोल्पाबाट हेलिकोप्टरमा ल्याएर सुमेरु अस्पताल भर्ना गरिएको थियो ।

उनी लामो समयदेखि वंशाणुगत जण्डिसबाट पीडित छन्। उपचारमा संलग्न चिकित्सकका अनुसार उनको कलेजोको ८५ प्रतिशत भाग बिग्रिसकेकोले कलेजो प्रत्यारोपण गर्नुपर्ने बताएका छन् । उनी लामो समयसम्म चीनमा उपचार गराएर फर्किएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *