पूर्व स्वास्थ्यमन्त्री अधिकारी गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त
काठमाडौँ, २५ पुस । संघीय सरकारको स्वास्थ्य र गृह मन्त्री बनिसकेका खगराज अधिकारी गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।
गण्डकी प्रदेशका नेकपा एमाले संसदीय दलका नेता समेत रहेका अधिकारीलाई गण्डकी प्रमुख पृथ्वीमान गुरुङले सोमबार मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् ।
प्रदेश प्रमुख गुरुङले संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गरेका अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका छन् ।
कुल ६० सांसद रहेको गण्डकी प्रदेशसभामा अधिकारीले एमालेका २२, माओवादी केन्द्रका ८, राप्रपाका २ र स्वतन्त्र सांसद गरी ३३ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्तिका लागि दाबी पेस गरेका थिए ।
अधिकारीले आज बेलुका ४ बजेर ३० मा शपथ ग्रहण गर्ने प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।
सम्पर्क इमेल : [email protected]