सेती प्रादेशिक अस्पतालमा सीटीस्क्यान सेवा सुरु

धनगढी, १७ पुस । सुदूरपश्चिम प्रदेशको सबैभन्दा ठूलो सेती प्रादेशिक अस्पतालमा सीटीस्क्यान सेवा थपिएको छ।

अस्पताल स्थापनाको ८३ वर्षपछि सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा सीटी स्क्यान सेवा थपिएको हो। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आइतबार एक कार्यक्रमकोबीच सीटीस्क्यान सेवाको उद्घाटन गरे।

सो क्रममा उनले आफ्नो पालामा प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा धेरै काम गरेको बताए। ‘जसमध्ये यो अस्पतालमा सीटी स्क्यान सेवा सञ्चालन महत्त्वपूर्ण कार्य हो’, उनले भने।

सीटी स्क्यान सेवाको उपलब्धताले यो क्षेत्रका बासिन्दालाई उपचारमा सहज हुने मुख्यमन्त्रीको विश्वास थियो। उनले नागरिकलाई सहज, सर्वसुलभ तरिकाले सेवा प्रदान गर्न अस्पताल प्रशासनलाई आग्रह गरे।

प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ मा सीटी स्क्यानका लागि नौ करोड रुपियाँ बजेट विनियोजन गरेको थियो। अन्तर्राष्ट्रिय टेण्डर आह्वान गर्दा छ करोड ८७ लाख रुपियाँमा सीटी स्क्यान मसिन खरिद भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा हेमराज पाण्डेयले जानकारी दिए।

उनले बचत भएको रुपियाँ अस्पतालको लागि एमआरआई मेसिन खरिद गर्नका लागि खर्च गरेको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *