डा. ओममूर्ति अनिललाई यसवर्षको मृगेन्द्र सम्झना चिकित्सा गुठी ‘ओरेसन’ सम्मान
काठमाडौँ, ३ पुस । नेपाल हृदयरोग निवारण प्रतिष्ठानले यसवर्षको ‘मृगेन्द्र सम्झना चिकित्सा गुठी वक्ता (ओरेसन) सम्मान – २०७९’ मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रदान गरेको छ ।
शनिबार काभ्रेको बनेपामा आयोजित प्रतिष्ठानको ३१ औँ बार्षिक साधारणसभा (केन्द्रीय सभा) मा आयोजित कार्यक्रममा डा अनिललाई सो सम्मान प्रदान गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि बनेका काभ्रेका मेयर शान्ति रत्न शाक्य, विशिष्ठ अतिथि मृगेन्द्र सम्झना चिकित्सा गुठीका अध्यक्ष डा मृगेन्द्रराज पाण्डे, प्रतिष्ठानका अध्यक्ष बलराम न्यौपानेले डा अनिललाई सम्मान गरेका हुन् ।
प्रतिष्ठानले उनलाई मुटुरोग निवारणको क्षेत्रमा उपचारात्मक एवं प्रतिकारात्मक दुबै क्षेत्रमा विशिष्ट योगदान पुरयाउँदै जनसमुदायलाई मुटुरोगको पीडाबाट बचाउने कार्य एवं मुटुरो सम्बन्धी अनुसन्धानात्मक कार्यमा क्रियाशिल रहेको भन्दै सम्मान गरेको बताएको छ ।
सम्मान अघि डा अनिलले मुटुरोगको बारेमा प्रस्तुतिकरण दिएका थिए ।
सम्मान पछि बोल्दै डा अनिलले आफूलाई मुटुरोग निवारणको क्षेत्रमा थप योगदान गर्न हौसला मिलेको बताए ।
आज सम्म चल्ने प्रतिष्ठानको साधारणसभामा ३० जिल्ला शाखाका प्रतिनिधिसहित १५६ जनाको सहभागिता रहेको छ ।
सम्पर्क इमेल : [email protected]