चीनमा एकै दिन भेटिए ३१ हजार भन्दा बढी कोरोना संक्रमित
एजेन्सी, १० मंसिर । चीनमा पछिल्लो केही दिन यता कोरोना संक्रमित व्यक्तिको संख्या बढ्न थालेको छ ।
बिहीबार ३१ हजार ४५४ नयाँ संक्रमित भेटिएको यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीले बताएका छन्। यो कोरोना अवधिको उच्च हो। यसअघि यो अप्रिलमा सबैभन्दा बढी २८ हजार संक्रमित भेटिएका थिए ।
यसैबीच, बढ्दो संक्रमणलाई मध्य नजर गर्दै चिनियाँ प्रशासनले झेङ्झाउ र आसपासका ८ जिल्लाको ६६ लाख जनसङ्ख्यालाई लकडाउन गरेको छ । यो आदेश अघि नै यस क्षेत्रका २ लाख जनसंख्या डेढ महिनादेखि लकडाउनमा छन् । नयाँ आदेश शुक्रबारदेखि लागू भएको हो ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]